सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

आपसी खिचातानी र गञ्जागोलले सुनचाँदी ब्यवसायी महासंघले प्रभावकारीरुपमा कमगर्न सकेनः एम. वि. विश्वकर्मा, अध्यक्ष-रुपन्देही सुनचाँदी ब्यवासायी संघ

अन्तर्वार्ता

MV Bishowkarma

आपसी खिचातानी र गञ्जागोलले सुनचाँदी ब्यवसायी महासंघले प्रभावकारीरुपमा कमगर्न सकेनः एम. वि. विश्वकर्मा, अध्यक्ष-रुपन्देही सुनचाँदी ब्यवासायी संघ

नेपाल सुनचाँदी ब्यवासयी महासंघ मुलुकभरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्था हो । जहाँ ५५ भन्दा बढी जिल्ल तथा नगर तथा एशोसिएटस् सदस्य आवद्ध छन् । २०४४ सालमा सुनचाँदी व्यवसायी संघको रुपमा स्थापना भएको यस संस्था हाल महासंघकोरुपमा रहेको छ । महासंघका विभिन्न जिल्ला नगर सञ्जाल मध्ये रुपन्देही सुनचाँदी व्यवसायी संघ सिदार्थनगर एक हो । यस संघका संस्थापक अध्यक्ष एम. वि. विश्वकर्मा यो ब्यवसायका पुराना, अनुभवी र चर्चित ब्यवसायी मानिन्छन् । उनैसँग सँग सुनचाँदी ब्यवसायका विभिन्न पक्षमा आधारित रही सुनाखरी न्युजकालागि गरिएको कुराकानीको संक्षेपः
यस संघको स्थापना कहिले भएको हो र यसका कति ब्यवसायी आवद्ध हुनुहुन्छ ?
नेपाल सुनचाँदी ब्यवसायी संघको स्थापना सँगै २०४४ सालमा हाम्रो यस संघको पनि स्थापना भएको हो । रुपन्देहीको सिदार्थनगरमा स्थापना भएको हो यो संघ । ब्यवसायीहरुमा पटक पटक पर्ने झमेलाहरुको समाधानकालगि रुपन्देहीको शिदार्थनगरका सुन ब्यवसायीहरु मिलेर संगठीत हुने उद्धेश्यले गठन गरिएको हो ।
हालसम्म रुपन्देही सुनचाँदी व्यवासायी संघ रुपन्देही शाखा अन्तर्गन आठ वटा उपशाखा छन् । यहाँ थुप्रै गाउँपालिकाहरु छन् । तीनीहरुलाई समेट्नकालागि आठवटा उपहशाखाहरु गठन गरिएका हुन् ।
संघले आफ्नो उद्धेश्य अनुसार काम गर्न सकेको छ त ?
सुनचाँदी व्यवासयी संघ वुटवलको संस्थापक अध्यक्षकारुपमा मैले काम गरें । त्यतिवेला मैली निरन्तर तीन कार्यकाल पुरागरें । मेरो नेतृत्वमा संघको भवन वन्यो । धेरैले सो कार्यमा सहयोग पनि गर्नुभयो । हामीले सामुहिक पहलमा संघको भवन निर्माणकालागि जग्गा प्राप्त गर्यों । इच्छा शक्ति भएपछि हुँदो रहेछ । मैले सामाजिक काममा वढी रुची राख्नेगर्छु । आफूले हात हालेपछि त्यसलाई पुरागरेर छाड्नुपर्दछ भन्ने मरो मान्यता छ । त्यसै अनुसार यहाँ थुप्रै काम पनि भए ।
२०६३ सलामा महासंघका तत्कालिन अध्यक्ष एवं हालका बिशिष्ट सदस्य तेजरत्न शाक्यले यो भवनको उद्घाटन गर्नुभएको हो । त्यसयता म निश्किृय वनेको थिए । फेरी साथिहरुको आग्रह अनुरुप यसपटक पुनः संघको नेतथृत्व लिएको छु । म समयको महत्व वुझेर काम र्गे मान्छे हुँ । समयको ख्याल नगर्नेसँग वसेर कामगर्न पर्दा विचमा मैले संघलाई समय दिन नसकेका हुँ ।
२०७४ चैत ३० गते म पुन संघको अध्यक्षमा निर्वाचित भएको हुँ । यसपश्चात प्रत्येक महिनाको पाँच गते ३ बजे नियमति बैठक वस्छ । वैठकमा ८० प्रतिशत उपस्थित हुनुपर्ने ब्यवस्था गरेका छौं । अहिले नियमतिरुपमा संघको काम भैरहेको छ ।
कार्यकालभरी के गर्ने भनेर एउटा गुरुयोजना वनाएर अगाडि बढाउनकालागि विज्ञहरु नै मगाएर एउटा गोष्ठिको आयोजनागरी हाम्रो यो कार्यकालाकालागि रणनीतिक योजना वनायौं । र अहिले सोही योजना अनुसार हामी अगाडि बढीरहेका छौं । यसवाट यहाँका ब्यवसायीका धेरै समस्या समाधानहुने आम्रो अपेक्षा छ ।
यहाँ धेरै क्षेत्रमा आवद्ध हुनुहुन्छ । समय ब्यवस्थापन कसरी गर्नुभएको छ ?
हेर्नुस मुख्य कुरा भनेको इच्छा शक्ति हो । मनदेखि चाहेर कामगर्दा जस्तो सुकै कामपनि गर्न सकिन्छ । मलाई सवैले साध र सहयोगपनि गर्नुहुन्छ । मैले धेरै ठाउँमा नेतृत्वमा रहेर काम गर्ने मौका पनि पाएको छु र जिम्मेवारी लिएको काम पुरा गरेको पनि छु ।
मोफसलका सुनचाँदी ब्यवसायीका समस्या के छन् ?
अहिले सुन ब्यवसायीको सवैभन्दा ठूलो समस्या भनेको कच्चा सुनको अभाव नै हो । सुनको अभावकाकारण हामीले पटक पटक वैठक वस्यौं । छ दिनसम्म कारोवार ठप्प पारेर नारायणगढमा वैठक नै वस्यौं । ४४÷४५ शाखाका अध्यक्षहरु राखेर वैठक वस्यौं । एशोसिएट सदस्यहरुलाई एउटैलाई एक बर्षमा २०÷२२ केली सुन दिइन्छ । तर एउटा वाहिरको ब्यवसायिले बर्षमा ६÷७ किलो सुन पनि नपाएको अवस्था छ । अहिले पान नम्वरमा अधारमा सुन वाँड्ने र वितरण प्रकृया पनि वदल्ने भन्ने कुरा छ । सायद त्यसले सहयोग पु¥याउला । यो सिजनमा बढी र अफ सिजनमा कम कारोवार हुने ब्यवसायहो । बैंक वाट लोन लिएर काम गर्नुपर्ने हुन्छ । स्टकमा बढी सामान देखिन्छ । ब्यवसाय गर्नकालागि कच्चा पदार्थ नै नपाएपछि त्यो भन्दा ठूलो समस्या अरु हुने कुरै भएन । यसवाहेक विभिन्न खालका चोरी, लुटपाट, धरपकड जस्ता समस्या छ छँदैछन् ।
यी समस्या समाधानकालागि कसले कहाँवाट के गर्नुपर्ला ?
यो बिषयमा सरकारको नीति परिवर्तन हुन जरुरी छ । राष्ट्र बैंकले २०६८÷६९ मा वनाएको नीतिका आधारमा अहिले पनि काम भैरहेको छ । त्यो अब्यवहारिक भएको लागेपछि म आफैंले नेपाल राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखेर सुन आपूर्ति ब्यवस्थालाई ब्यवहारिक वनाउन आग्रह समेत गरें । त्यसको वोधार्थ महासंघमा पनि दिएँ । त्यसपश्चात अन्य संघ हरुवाट पनि यस बिषयमा चासो राखेर काम शुरु गरेको पाइएको छ ।
साना आकारका सुन स्थानिय वैंकवाट नपाउँदा समस्या भएको थियो । अहिले के छ ?
आजभन्दा ७÷८ बर्ष अगाडि एउटा बैंकमा कुरा गरेर साना परिणामका सुन ल्याउन आग्रह गरें । त्यस अनुसार एउटा बैंकमा धेरै ब्यवसायीले खाता पनि खोल्नुभयो । केही समय त्यो ब्यवस्था लागु भयो । तर पछि त्यो वन्द भयो । यसर्थ बैंकले सहजरुपमा स साना परिमाणका सुन बैंकको स्थानिय शाखावाट नै उपलब्ध गराउने ब्यवस्था गर्नुपर्दछ । सवैले किलो किलोमा सुन किन्न सक्ने अवस्था हुँदैन ।
प्रहरी प्रशासनवपाट नै ब्यवसायीलाई दुःख दिइने गरेको सुनिन्छ । के छ ?
प्रहरी प्रशासनसँग पनि च्यालञ्जिङ टक गर्न सक्नुपर्दछ । नत्र न्याय नपाउने हुनपनि सक्छ । हामीले एउटा चोरीको घटनामा अनुषन्धान गर्न आग्रहगर्दा प्रहरी प्रशासनपाट लामो समयसम्म हुँदैछ हुँदैछ भनेर झुलाएर राखियो । पछि हामीले न्याय माग्न प्रहरी कार्यालयमा नै आउँदैनौं भनेपछि वल्ल हाम्रौ कार्यालयमा आएर त्यो बिषयमा थप खोजी अनुषन्धानको काम भयो । यसर्थ हामीले पनि सम्वद्ध निकायसँग आवश्इता अनुसार आफ्नो कुरा राख्न सक्नुपर्दछ । वेलावखत यो वा त्इो वाहानामा ब्यवसायीलाई दुःख दिने र धरपकड गर्ने कार्य त नहुने होइनन् ।
जिल्लाको नेतृत्वले महासंघलाई कसरी हेरेको छ ? महासंघ आफ्नो उद्धेश्य अनुसार काम गर्न कत्तिको सफल भएको छ ?
जिल्लाका ब्यवसायीहरु महासंघमा सधैं जाने कुरा हुँदैन । हामी वेलावखत जाँदा त्यहाँको कार्यशैली त्यति मिलेको देखिँदैन । त्यहाँको बसाई र ब्यवस्थापन पनि खासै मिलेको लाग्दैन । साधारणसभागर्दा पनि प्रमूख अतिथिलाई आफ्ना कुरा सुनाउने मात्र हुने गरेको छ । हाम्रो कुरा कसरी राख्ने र कसरी छलफलगरी निश्कर्ष निकाल्ने भन्ने मुख्य मुरा हुनुपर्दछ । महासंघका नेतृत्व कस्तो भन्दा पनि त्यहाँको खिचातानीले कामगर्ने स्वच्छ वातवारण देखिएको छैन । राजधानी वाहिर नेतृत्व गएको छ । नेतृत्वलाई पूर्णरुपमा सहयोग नभएको पनि हुन सक्छ । त्यहाँ गञ्जागोल छ । नेतृत्वमा वस्नेहरुले मिलाएरु काम गर्नुपर्दछ । महासंघले उद्धेश्य अुनरुप काम गर्न सकेका जस्तो मलाई लाग्र्दन । महासंघले यस्तो राम्रो ग¥र्यो भनेर भन्ने कुरा छैन ।
देशभरका सुनचाँदी व्यवासायीहरुको छाता संस्थाकोरुपमा रहेको नेपाल सुनचाँदी ब्वयवसायी महासंघलाई प्रभावकारी वनाउन के गर्नुपर्ला भन्ने यहाँलाई लाग्छ ?
सवै एकजुट भएर काम गर्नुपर्दछ । महासंघमा सवै खालका विज्ञ ब्यक्तिहरु हुनुहुन्छ । सल्लाहकारहरुसँग पनि वेलावखत रायसुझाव लिनु पर्दछ । ब्यवसायीको हित प्रवद्र्धन गर्ने मुलभूत उदेश्य लिएर अगाडि बढ्नु पर्दछ । महासंघका दक्ष ब्यक्तिहरु भएरपनि समुचित प्रतिफल लिनवाट चुक्ुन हुँदेन । तर हालसम्म त्यस अनुसार काम चाहीँ भएन । महासंघलाई आम ब्यवसायीको साझा थलो वनाइनु पर्दछ । त्यो ब्यवहारवाट नै देखिने हुनुपर्दछ । नेतृत्वमा को छ भन्ने भन्दापनि ब्यवसायीको आवश्यकता के छ, तीनलाई कसरी पुरागर्ने, ब्यवसाय मैत्री नीति निर्माण कसरी गर्ने, कच्चा पदार्थका े सरल आपूर्ति ब्यवस्था कसरी मिलाउने, ब्यवसायगर्दा आइपर्ने झन्झटलाई कसरी अन्त्इ गर्ने र ब्ययसाय मैत्री वातावरण निर्माणका सवै लाग्नु पर्दछ । गुट उपगुटमा लागेर महासंघर ब्यवसायीको भलाई हुँदैन । महासंघलाई सवै मिलेर एकढिक्का वनाएर अगाडि बढाउनु पर्दछ । यो नै अहिलेको आवश्यकता हो ।

Share this news: