सुनाखरी न्युज
२०७६ बैशाख १२ , बिहिवार

अमेरिकाको तापक्रम माइनस ७० सम्म पुग्ने चेतावनी

विश्व

cc

अमेरिकाको तापक्रम माइनस ७० सम्म पुग्ने चेतावनी

सुनाखरी न्युज/
काठमाडौं-
अमेरिकामा यो बर्ष दशकौंपछि सबैभन्दा जाडो भएको छ । उत्तरी ध्रुवबाट सुरु भएको समुद्री आँधीले अमेरिकाको मध्यपश्चिम राज्यमा जताततै बरफ जमेको छ । यसलाई ‘पोलर भर्टेक्स’ भनिएको छ ।

यसको कारण अमेरिकाका ९ करोडभन्दा बढी जनता शून्यदेखि माइनस १७ डिग्री तापक्रमको जाडो सहन बाध्य छन् ।

मध्यपश्चिम राज्यहरु विस्कान्सिन, मिशिगन र इलिनायका साथै प्राय गर्मी रहने दक्षिणी राज्य अलबामा र मिसिसिपीमा आपतकाल घोषणा गरिएको छ ।

 

विद्यालय, व्यापारिक प्रतिष्ठान, सरकारी कार्यालयहरु बन्द छन् । मध्यपूर्व राज्यमा सयौंको संख्यामा उडानहरु रद्द भएका छन् ।

शिकागो शहरको तापक्रम शून्यदेखि ३० डिग्री सेल्सियस भन्दा पनि कम छ । शिकागोमा नदीसमेत जमेको छ । शहरका मेयरले घर बाहिर ननिस्किन शहरबासीलाई अपिल गरेका छन् ।

 

मौसम विभागका अनुसार हिउँको वर्षा जारी रहने छ र धेरै क्षेत्रमा २४ इन्चसम्म हिउँ जम्नसक्ने अनुमान छ ।

पोलर भर्टेक्सका कारण तापक्रम माइनस ४० देखि माइनस ७० डिग्री सेल्सियससम्म पुग्ने सक्ने मौसम विभागले चेतावनी दिएको छ ।

Share this news: