सुनाखरी न्युज/
काठमाडौं-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आगामी चुनावलाई लक्षित गर्दै अन्तरिम बजेट प्रस्तुत गरेको छ । अरुण जेट्ली विदेश गएपछि अर्थमन्त्रीका रुपमा पियूष गोयलले बजेट प्रस्तुत गरेका हुन् । उनले बजेटमा कर योग्य आम्दानीको सीमा बढाएका छन् । यसवाट अब पाँच लासम्म जागिरेले आय कर तिर्नु पर्दैन ।
यसअघि साढे दुई लाख भारुभन्दा माथिको आयमा आम्दानी कर तिर्नु पर्थियो। सरकारले बैंकबाट पाइने ब्याजमा लाग्ने करमा पनि छुटको स्किम ल्याएको छ। १० हजारसम्मको ब्याज आम्दानीमा कर तिर्न छुट थियो, अब बढाएर ४० हजारसम्मको आम्दानीमा कर तिर्न नपर्ने ब्यवस्था गरिएको हो।
असंगठित क्षेत्रमा काम गर्ने १८ देखि ४० बर्षसम्मका जनतालाई पेन्सन योजनामा समेटिएको छ। प्रति महिना ५५ भारु बुझाएर पेन्सन पाइने छ। सरकारले अर्को पाँच बर्षमा देशको अर्थतन्त्र ३० ट्रिलियन डलरको पुग्ने प्रक्षेपण गरेको छ।
भाडा बापत हुने आम्दानीमा पनि छुट दिइएको छ। एक लाख ८० हजारमाथिको आम्दानीमा कर लाग्दै आएकोमा अब २ लाख ४० हजार भारुसम्मको आम्दानीमा कर तिर्नु पर्दैन।
सरकारले घर विक्रीबाट हुने आम्दानीमा लाग्दै आएको करमा पनि सहुलियत दिएको छ। एउटा घर किनेर निष्चित समयपछि बिक्री गरेमा कर लाग्दैन थियो। अब दुई वटा घर बिक्री गर्दा पनि कर तिर्नु पर्दैन।