सुनाखरी न्युज
२०७५ फाल्गुन ५ , आइतवार

वायु सेवा निगमले पायो जापान उडानको अनुमति, जापान उडान गर्न प्राधिकरणले नि दियो स्वीकृति

घुमफिर–पर्यटन

nepal-airlines@

वायु सेवा निगमले पायो जापान उडानको अनुमति, जापान उडान गर्न प्राधिकरणले नि दियो स्वीकृति

काठमाडौँ — नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको छ ।
निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौं–ओसाका उडानका लागि क्यानबाट शुक्रबार एओसी पाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमले करिब आठ महिनाअघि भिन्न मितिमा दुई वाइड बडी जहाज खरिद गरेको थियो । हाल पुरानै गन्तव्यमा उडान भर्दै आएका वाइड बडी जहाजबाट जापानसहित अन्य मुलुकका गन्तव्यमा उडान भर्ने निगमको योजना छ ।

नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेशी नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधानअनुरूप क्यानले निगमलाई एओसी दिएको हो । नेपालमा उडान अनुमति पाएपछि जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढाउने बाटो खुला भएको सहायक प्रवक्ता कोइरालाले उल्लेख गरे ।

ओसाका विमानस्थलमा उडान सञ्चालनका लागि निमगले कर्मचारीसमेत खटाइसकेको छ । निगमले नेपालमा गर्नुपर्ने कागजातको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेकाले छिट्टै जापानको नियामक निकायसँग उडान अनुमतिका लागि पेस गर्ने निगमकोभनाइ छ ।

निगमले आगामी फागुन १५ गतेसम्म जापान उडान सुरु गर्ने तयारी गरेको निगमले जापानबाट अनुमति पाएपछि उडान सुरु गर्न करिब एक महिना लाग्ने जनाएको छ । त्यस्तै आगामी चैत १५ गतेसम्म चीनमा पनि उडान सञ्चालन गर्ने लक्ष्यासहित निगमले आवश्यक प्रक्रिया अघि बढाएको छ । जापान र चीनका दुवै गन्तव्यमा कर्मचारी व्यवस्थापन भइसकेका छन् ।
रासस

Share this news: