सुनाखरी न्युज
२०७६ बैशाख १२ , बिहिवार

ग्रीन लाइफ हाइड्रोको आईपिओ आजदेखि खुला

शेयर

ipo

ग्रीन लाइफ हाइड्रोको आईपिओ आजदेखि खुला

सुनाखरी न्युज/ काठमाडौं – ग्रीनलाइफ हाइड्रोपावर कम्पनी को १८ करोड रुपैयाँ मूल्य बराबरको १८ लाख कित्ता साधारण शेयर आईपिओ बिक्री आज माघ २२ गतेदेखि खुला भएको छ । कम्पनीले माघ २२ गतेदेखि आगामी फागुन ७ गते सम्म साधारण शेयर बिक्री खुला गरेको छ । पहिलो चरणमा शेयर बिक्री नभएमा आगामी फागुन २७ गतेसम्मको समयसीमा तोकिएको छ । दोलखामा आयोजनास्थल रहेको सो आयोजनाको शेयरमा न्यूनतम २० कित्ता र अधिकतम नौ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यस आईपिओमा दोलखा जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्र समूह ‘क’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बु बासिन्दाहरुलाई पाँच लाख ४० हजार कित्ता अर्थात ३० प्रतिशतका लागि आवेदन दिन पाउनेछन् । यसैगरि समूह ‘ख’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिनदाका लागि ७ लाख २० हजार ९४० कित्ता अर्थात शेयरका ४० प्रतिशतका लागि आवेदन गर्न सक्नेछन् ।

 

यस्तै समूह ‘ग’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता शेयर छुट्टाइएको छ । हाइड्रोपावर कम्पनीले अघि नै काठमाडौं क्यापिटललाई शेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । स्थानीयहरुले ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको आयोजना स्थल, सेञ्चसरी कमर्सियल बैंक सिंगटी र चरिकोट शाखा तथा प्राइम कमर्सियल बैंकको शाखा कार्यालयहरु जिरी र बैतेश्वर शाखा कार्यालय मार्फत आवेदन गर्न सक्नेछन् ।

 

ग्रीनलाईफले निष्काशन गर्ने आईपिओका लागि केयर रेटिङ्गस् नेपालबाट क्रेडिट रेटिङ्ग गराएको छ । कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि जारी गर्ने आईपिओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ । केयर नेपालले उक्त रेटिङ्गको अवधि एक वर्षसम्म कायम रहने जनाएको छ ।

Share this news: