सुनाखरी न्युज
२०७६ बैशाख १२ , बिहिवार

कुन्दुजमा तालिबान लडाकू र सेनाबीच रातभर भीषण झडप , १० सैनिकको मृत्यु

विश्व

tali

कुन्दुजमा तालिबान लडाकू र सेनाबीच रातभर भीषण झडप , १० सैनिकको मृत्यु

सुनाखरी न्युज /

स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिए अनुसार झडपमा आठ जना तालिबान लडाकू पनि मारिएको छन् । कुन्दुज शहरको उत्तरतर्फको इलाकामा झडप भएको थियो । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सोमबार तालिबान लडाकू र सेनाबीच रातभर भएको भीषण झडपमा परी कम्तीमा १० अफगान सैनिकको मृत्यु भएको छ ।

सन २०१४ को अन्त्यमा ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै नेटोआवद्ध सैनिकहरु अफगानिस्तानमा प्रत्यक्ष सहभागी हुन छोडेपछि त्यहाँ सुरक्षाकर्मीको हताहतीको सङ्ख्यामा बृद्धि भएको पाइन्छ । यस भिडन्तमा पाँच सैनिक र कैयौँ आतङ्ककारी मारिएको छ । प्रान्तीय परिषदका एक अधिकारी युसुफ अयुबीले यस घटनाको पुष्टि गरेका छन् ।

एजेन्सी

Share this news: