सुनाखरी न्युज
२०७६ बैशाख १२ , बिहिवार

३३ किलो सुन प्रकरणः हरि खड्का पक्राउ

सुन–चाँदी

gold

३३ किलो सुन प्रकरणः हरि खड्का पक्राउ

सुनाखरी न्युज
काठमाडौँ — ३३ किलो सुन प्रकरणमा दुबई बसेर नेपाल सुन पठाउने कार्यमा संलग्न रहेको आरोपमा युएई प्रहरीले हरिशरण खड्कालाई पक्राउ गरेको छ ।
उनी पक्राउ परेको अनौपचारिक सूचना प्राप्त भएपनि औपचारिक रुपमा पुष्टि हुन बाँकी रहेको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार दुबई बसेर नेपालमा सुन पठाउने गरेको अनुशन्धानमा देखिएपछि खड्का विरुद्ध इन्टरपोल मार्फत पक्राउ नोटिस जारी भएसँगै उनी पक्राउ परेका हुन्।

 

Share this news: