सुनाखरी न्युज
२०७६ बैशाख १२ , बिहिवार

श्री पर्वत गुरुकुल अंग्रेजी आवासीय मावि मा सचेतना कार्यक्रम

शिक्षा

Capture

श्री पर्वत गुरुकुल अंग्रेजी आवासीय मावि मा सचेतना कार्यक्रम

सुनाखरी न्युज/पर्वत – समुदाय साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्वत कुश्मा नगरपालिका स्थित श्री पर्वत गुरुकुल अंग्रेजी आवासीय मावि मा जिल्ला प्रहरी कार्यालय पर्वत, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा र अस्थायी प्रहरी चौकी कुश्माको सहकार्यमा उक्त विधालयका कक्षा ७,८, र ९ मा अध्ययनरत विधार्थीहरुलाई सचेतना सम्वन्धी प्रशिक्षण प्रदान गरिएको छ ।

 

उक्त प्रशिक्षण कार्यक्रममा लागु पदार्थ सम्वन्धी,साइबर अपराध गैरकानूनी अपराध, ट्राफिक सचेतना कार्यक्रम तथा विभिन्न सुरक्षाका विषयहरुमा प्रशिक्षण कार्यक्रम भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी निरीक्षक राजन रायमाझीले उक्त प्रशिक्षण प्रदान गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण स्कुलका प्रिन्सिपल राज कुमार पौडेल र अस्थायी प्रहरी चौकी कुश्मामा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेस कुमार क्षेत्रीले गर्नुभएको थियो ।

Share this news: