सुनाखरी न्युज
२०७६ असार १ , आइतवार

अटो लोनमा बैंकहरुको लगानी खुम्चियो, गाडिको आयात र विक्री वितरणमा निरन्तर कमी आउन थालेको ब्यवसायीको भनाई

अटो

collage

अटो लोनमा बैंकहरुको लगानी खुम्चियो, गाडिको आयात र विक्री वितरणमा निरन्तर कमी आउन थालेको ब्यवसायीको भनाई

सुनाखरी न्युज/
काठमाडौं-
पछिल्लो समय नेपालमा अटो लोन (सवारी कर्जा) मा बैंक तथा वित्तिय संस्थाहरुको लगानी खुम्चिन थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक बर्षको पुस मसान्तको चुलनामा चालु आर्थिक बर्षको पुस मसान्तमा यो क्षेत्रमा ुने लगानी घटेको पाइएको हो ।
विगत बर्षरुमा वै.क तथा वित्तिय संस्थाले झण्डै २ खर्ब रुपैयाँ सवारी साधानमा कर्जा लगानी गर्दै आएका थिए । यो बर्षको अर्धबार्षिक अवधिमा गत बर्षको अर्थबार्षिक अवधिको तुलनामा सवारी कर्जा २० खेखि ३० प्रतिशतसम्म कमी आएको छ । बैंक तथा वित्तिय क्षेत्रमा तरलताको कमी भएसुँगै सवारी कर्जातर्फ हुँदै आएको लगानी खुम्चिएको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए ।
ब्यवसायीहरुमा अनुसार पछिल्लो समय सवारी साधान आयात तथा विक्री वितरणमा समेत कमी आउन थालेको छ । यस्तो समस्या लम्विय यस क्षेत्रको ठूलो समस्या उत्पन्न हुने अटोमोवाइल डिलर्स एशोशिएसनका एक अधिकारीले बताए । सवारी साधानको आयात तथा वित्रली वितरणमा कमी आउँदा सरकारी राजस्वमा समेत प्भाव पर्दछ ।

Share this news: