सुनाखरी न्युज
२०७५ फाल्गुन ५ , आइतवार

सांसदले भने कृषि मन्त्रालय खारेज गरिदिए हुँदो रहेछ, बिचौलियाको पक्षमा काम गर्ने मन्त्रालय किन चाहियो ?

कृषि

krisi

सांसदले भने कृषि मन्त्रालय खारेज गरिदिए हुँदो रहेछ, बिचौलियाको पक्षमा काम गर्ने मन्त्रालय किन चाहियो ?

सुनाखरी न्युज /

सांसद हृदेश त्रिपाठीले कृषि मन्त्रालयले किसानको हितभन्दा बिचौलियाको पक्षमा काम गरेको भन्दै खारेजीको माग गरेका छन । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको विशेष समयमा सूर्य चिह्नबाट चुनाव लडेका हृदयेश त्रिपाठीले जनताको पक्षमा निर्णय गर्न नसक्ने कृषि मन्त्रालय खारेज गर्न सुझाव दिएका हुन । २०३४ साल देखि अहिले सम्म भएको कुल कृषि लगानीमा किसानमाथि जम्मा १८ प्रतिशत र किसानको नाममा विभिन्न तामझाममा ८२ प्रतिशत खर्च भएको भन्दै उनले कृषि मन्त्रालयको कार्यशैलीमा प्रश्न गरे ।

सांसद त्रिपाठीले उखु किसानको पक्षमा सदनमा आवाज उठाउँदा–उठाउँदा आफूलाई लाज लाग्ने अवस्था सिर्जना आएको बताए । सरकार र चिनी मिलका मालिकका कारण उखु किसान चेपुवामा परेको उनले आरोप लगाए ।

जुनसुकै सरकार आएपनि सबै सरकारबाट किसानहरु उपेक्षित हुदै आएको र विचौलियाहरु मालामाल हुने गरेको भन्दै उनले सरकारले उखुको मूल्य तोकेपनि मिलहरुले अहिलेसम्म किसानलाई दिन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले चिनी मिलहरु ढेडमहिना सम्म संचालन नहुँदा गत बर्ष कै उखुको मूल्य किसानले नपाउँदा पनि सरकार भने निरिह र लाचार भएर बसेको आरोप लगाए ।उखु किसानमाथि चिनी मिलले गरेको अत्याचारका कारण आगामी असार साउनमा चिनीको हाहाकार हुने खतरा रहेको बताए ।

Share this news: