सुनाखरी न्युज
२०७५ फाल्गुन ५ , आइतवार

सासंदले भने ‘कृषि मन्त्रालय खारेज गरिदिए हुँदो रहेछ , बिचौलियाको पक्षमा काम गर्ने मन्त्रालय किन चाहियो ?

कृषि

jhga

सासंदले भने ‘कृषि मन्त्रालय खारेज गरिदिए हुँदो रहेछ , बिचौलियाको पक्षमा काम गर्ने मन्त्रालय किन चाहियो ?

 

सुनाखरी न्युज /

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकमा सांसद हृदेश त्रिपाठीले कृषि मन्त्रालयले किसानका पक्षमा निर्णय गर्न नसक्ने कृषि मन्त्रालय खारेज गर्न सुझाव दिएका हुन । मन्त्रालयको १८ प्रतिशत बजेट कृषकको पक्षमा खर्च हुन्छ, ८२ प्रतिशत तामझाममा खर्च गरेको छ,’ उनले भने । सांसद त्रिपाठीले उखु किसानको पक्षमा सदनमा आवाज उठाउँदा–उठाउँदा आफूलाई लाज लाग्ने अवस्था सिर्जना आएको बताए । सरकार र चिनी मिलका मालिकका कारण उखु किसान चेपुवामा परेको उनले आरोप लगाए । उखु किसानमाथि चिनी मिलले गरेको अत्याचारका कारण आगामी असार साउनमा चिनीको हाहाकार हुने खतरा रहेको बताए ।

आफूले पटक–पटक उखु किसानको समस्या बारे कुरा उठाएको तर सरकारले नसुनेको भन्दै उनले भने, “जसलाई लाज लाग्नुपर्ने हो उसलाई लाज नलागेकाले हुनाले मलाई पुनः लाज नमानिकन भन्दै छु । जुनसुकै सरकार आएपनि सबै सरकारबाट किसानहरु उपेक्षित हुदै आएको र विचौलियाहरु मालामाल हुने गरेको भन्दै उनले सरकारले उखुको मूल्य तोकेपनि मिलहरुले अहिलेसम्म किसानलाई दिन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उहाँले चिनी उत्पादनका लागि मिल ढिलो चलेको हुनाले जेठ असार तिर चिनिको संकट उत्पन्न हुने उद्घोष गरे । उनले चिनी अभाव भएपछि फेरि चिनी आयातको लागि फेरी विचौलियाहरुको चलखेल बढ्ने दाबी गरे । किसानको हितभन्दा बिचौलियाको पक्षमा काम गरेको भन्दै सत्तापक्षका एक सांसदले कृषि मन्त्रालय खारेज गर्न सुझाव दिएका छन् ।

Share this news: