सुनाखरी न्युज
२०७६ बैशाख १२ , बिहिवार

नेपाली लाइसेन्सलाई अवदेखि अन्तर्राष्ट्रिय मान्यता

प्रवास

Licence

नेपाली लाइसेन्सलाई अवदेखि अन्तर्राष्ट्रिय मान्यता

सुनाखरी न्युज/
काठमाडौं-
नेपाली लाइसेन्सले अवदेखि अन्तर्राष्ट्रिय मान्यता पाउने भएको छ । सरकारले नेपालबाट जारी भएका सवारी चालक अनुमतीपत्र (मोटर ड्राइभिङ लाइसेन्स) बाटै विदेशमा तीन महिनासम्म सवारी साधन चलाउन सक्ने व्यवस्था गर्न लागेको हो ।

यातायात व्यवस्थाले संघीय यातायात ऐनमार्फत् यस्तो व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। अहिले मस्यौदाको क्रममा रहेको नयाँ विधयेकमा अन्तर्राष्ट्रिय सवारी चालक अनुमतीसम्बन्धि व्यवस्था ९इन्टरनेशलन ड्राइभिङ पर्मिट० समावेश गर्न लागिएको उपाध्यायले बताए।

उनका अनुसार नेपालबाट बाहिर जानेहरुका लागि र नेपाल आउने पर्यटकहरुका लागि सहज होस भनेर यस्तो व्यवस्था गर्न लागिएको हो।

 

Share this news: