सुनाखरी न्युज
२०७६ बैशाख १२ , बिहिवार

बलिउडका चर्चित भिलेनको निधन

मुख्य समाचार

vallian

बलिउडका चर्चित भिलेनको निधन

 

सुनाखरी न्युज /

मुम्बई – ५७ वर्षीय महेशको आनन्द शव शनिवार यारी रोडस्थित उनकै घरमा भेटिएको हो । उनको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले उनको शवलाई पोस्टमार्टमको लागि कूपर हस्पिटलमा राखेको छ ।

उनी बलिउडमा भिलेनको भूमिका निभाएका कारण निकै चर्चित थिए । उनले बलिउडका चर्चित कलाकार गोविन्दा, सनी देओल, सञ्जय दत्त, अमिताभ बच्चन र धर्मेन्द्रसँग काम गरिसकेका थिए । अन्तिम पटक गोविन्दाको फिल्म ‘रंगीला राजा’ मा देखिएका थिए । जुन यसै वर्षको जनवरी १८ मा रिलीज भएको थियो ।

एजेन्सी

Share this news: