सुनाखरी न्युज
२०७५ फाल्गुन ५ , आइतवार

टोखाको गणेशस्थानबाट नक्कली नेपाली रुपैयाँ बरामद

सुरक्षा–अपराध

nakali

टोखाको गणेशस्थानबाट नक्कली नेपाली रुपैयाँ बरामद

 

सुनाखरी न्युज /

काठमाडौं– नक्कली नेपाली रुपैंया १ हजार दरका १ सय ५२ थान शनिबार राति प्रहरीले बरामद गरेको छ । सूचनाको आधारमा महानगरीय प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले हिक्मत मियाको कोठामा पलङ मुनी लुकाईछिपाई राखेको नक्कली नेपाली रुपैंया १ हजार दरका ११ थान र सोही घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरको कोठाबाट नक्कली नेपाली रुपैयाँ १ हजार दरका १ सय ४१ थान फेला पारी बरामद गरेको हो ।

फरार रहेका हिक्मत मिया र पोमबहादुर कुँवरको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share this news: