सुनाखरी न्युज
२०७६ बैशाख १२ , बिहिवार

नेपाल प्रहरी बिद्यालय सामाखुशीको २१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

शिक्षा

Police School Samakhusi

नेपाल प्रहरी बिद्यालय सामाखुशीको २१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सुनाखरी न्युज/काठमाडौं – नेपाल प्रहरी बिद्यालय सामाखुशीको २१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सोही बिद्यालयमा आयोजित एक समारोह बीच आइतबार सम्पन्न भएको छ । समारोहमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले बार्षिकोत्सवको उदघाटन गर्नुका साथै बिद्यालयको मुखपत्र “दिप्तिका” २०७५ को विमोचन समेत गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बिद्यालयका शिक्षक(शिक्षिका, विभिन्न कक्षामा उच्च शैक्षिकस्तर हासिल गर्ने विद्यार्थीहरु, खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरु र सोही बिद्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभएको थियो ।

 

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बिद्यालयले समय सापेक्ष शिक्षा प्रणाली अवलम्बन गर्दै अनुशासन र नैतिक शिक्षामा समेत प्राथमिकता दिई शिक्षा र अतिरिक्त क्रियाकलापलाई प्रमुख महत्वका साथ विद्यार्थीहरुमा उच्च मनोबल र सकारात्मक सोचको विकास गरी निरन्तर आगाडी बढेको चर्चा गर्नुभयो । नेपाल प्रहरी विद्यालय सामाखुशीको उच्च गुणस्तर अभिवृद्धिमा प्रभावकारी सहयोग र समन्वय तथा बिद्यालयको गुणस्तरीय व्यवस्थापन प्रति महानगरीय प्रहरी कार्यालय रानीपोखरी सदैव प्रतिवद्ध रहेको समेत उहाँले उल्लेख गर्नुभयो । बिद्यालयका प्राचार्य हरिशप्रकाश भट्टले बिद्यालयको बार्षिक गतिविधि प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका सहप्राचार्य ओमप्रसाद भुसालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

कार्यक्रममा बिद्यालयका समादेशक प्रहरी निरीक्षक हिमा थोकरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अभिभावकको तर्फबाट प्रहरी निरीक्षक भुलाराज खानलले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । पूर्व मुख्य न्यायाधिश केशरीराज पण्डित, महानगरीय शिक्षा बिभागका प्रमुख सिताराम कोईराला, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व प्राचार्यहरु, पूर्व समादेशकहरु, अभिभावकहरु समेतको उपस्थिती रहेको सो कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Share this news: