सुनाखरी न्युज
२०७५ फाल्गुन ५ , आइतवार

खुम्चियो अर्थतन्त्र, सरकारी खर्च संकुचित वन्दा लक्ष्य अनुसार आर्थिक वृद्धि हुने सम्भावना समेत घट्यो

अर्थ

Sunakhari Banner Nepal Map

खुम्चियो अर्थतन्त्र, सरकारी खर्च संकुचित वन्दा लक्ष्य अनुसार आर्थिक वृद्धि हुने सम्भावना समेत घट्यो

सुनाखरी न्युज/
काठमाडौं-
मुलुकको अर्थतन्त्र निरन्तररुपमा खस्किन थालेको छ । सरकारले लक्ष्य अुनसार बजेटरी खर्च गर्न सकेको छैन । मुलुकको शोधनान्तर घाटा अत्याधिकरुपमा बढ्दै गएको छ । यतिमात्र होइन निकासी–पैठारी ब्यापार वीचको असन्तुलन झनै चर्किएको छ । पुँजी बजारको परिसूचक अस्वभाविकरुपमा तल झरेको । राष्ट्रिय योजना आयोगले मध्यावधी समीक्षा अघि अर्थमन्त्रालयलाई पठाएको प्रतिवेदनमा लक्ष्य अनुसार आर्थिक वृद्धि हासिल नहुने अनुमान गरेको छ । यी अर्थतन्त्र कमजोर वनेका केही उदाहरण हुन् । अहिले मुलुकका प्मूख सवै परिसूचक ओरालो लागेको अवस्था छ ।
राष्ट्रिय योजना आयोगका अनुसार चालु आर्थिक वर्षमा लक्ष्य भन्दा १ दशमलव ३ प्रतिशतले कम भई आर्थिक वृद्धिदर ६ दशमलव ७ प्रतिशतमा सिमित हुने प्रारम्भिक अनुमान छ । आयोगले अहिले सरकारी खर्च न्यून हुने, कृषि उत्पादन पनि अनुमान मात्र गर्न सकिने र व्यापार तथा उद्योगमा पनि कति लगानी पुग्छ

स्रोतका अनुसार अहिलेको प्रतिवेदन पहिलो तीन महिनाको तथ्यांकको आधारमा गरिएको अनुमानमा आधारीत छ । तर सरकारले गर्ने खर्च, निजी क्षेत्रको लगानी, मौसम, तथा कृषि क्षेत्रबाट हुने उत्पादनले आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा माथि पुग्ने सम्भावना पनि देखिन्छ । चालु आर्थिक वर्षमा धान उत्पादन राम्रो भएको, माघ महिनामा पानी परेका कारण गहुँपनि राम्रो उत्पादन हुने सम्भावना भएकाले पनि आर्थिक वृद्धिदर अहिले अनुमान गरिएभन्दा निकै माथि पुग्ने अनुमान योजना आयोगको छ । आयोगले चालु आर्थिक वर्षको वास्तविक अनुमान भने फागुन पछि मात्रै सार्वजनिक गर्ने छ ।

 

सरकारले अवको केहीदिनमा मध्यावधी समीक्षा गर्ने तयारी गरिरहेको छ ।

Share this news: