सुनाखरी न्युज
२०७६ बैशाख १२ , बिहिवार

निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजनालाई अघि बढाउन तत्कालै ४ अर्ब रुपैयाँ बजेट छुटयाउन सरकारलाई आग्रह

अर्थ

Sunakhari Big Coin

निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजनालाई अघि बढाउन तत्कालै ४ अर्ब रुपैयाँ बजेट छुटयाउन सरकारलाई आग्रह

सुनाखरी न्युज/ काठमाडौं –

आयोजना कार्यालय सिमराका प्रमुख अनुसार नेपालको लागि अन्तर्राष्ट्रिय विमानस्थलको सबैभन्दा उपयुक्त ठाउँ हाल निर्माण हुन लागेको निजगढ रहेको छ । निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजनाले प्रारम्भिक चरणको काम अघि बढाउन तत्कालै ४ अर्ब रुपैयाँ बजेट छुटयाउन सरकारलाई आग्रह गरेको छ ।प्रारम्भिक चरणको काम अन्तर्गत चर्चामा रहेको टागियावस्तीलाई स्थानान्तरण सहमति भएको छ । विमानस्थलको सिमाना निर्धारण गर्न उक्त बजेट तत्कालै विनियोजन गर्न आवश्यक रहेको छ । सरकार तथा राजनीतिक दल एवं प्रदेश २ सरकारलाई यस विषयमा गम्भीर बन्न पनि उनले सुझाव दिए ।

उपमहानगरपालिकाका मेयर अनुसार निजगढ विमानस्थाल बनाउन टागियावस्तीलाई उचित मुआब्जा तथा पुर्नवासको लागि उपमहानगरपालिका जिम्मेवारी साथ अघि बढेको जानकारी गराउँदै यस विषयमा स्थानीयको सहमति पनि भइसकेको बताए ।।प्रदेश २ र देशकै होटल व्यवसाय तथा पर्यटनको दृष्टिकोणले अति नै महत्व र सकारात्मक आयोजना भएको बताए । निजगढ विमानस्थलमा ३ वटा रनवे बनाउने नीति रहेकोमा शुरुमा २४ लाख रुख काटने भ्रम जनता माझ छरिएको भन्दै उनले आपत्ति
ुनिजगढ विमानस्थल बन्यो भने वातावारण तहसनहस हुने, बाढिपहिरोले विमानस्थलको दक्षिण अर्थात बाराको दक्षिणी भेगमा बाढी तथा सुक्खाको चपेटामा फस्ने भनी अपवाह फैलाइदैछ, त्यो राज्य र प्रदेश २ कै लागि घातक हुन्छु ।उनले भने ।

विमानस्थलको डिपिआर बनाउने परामर्शदाताको छनौट गरी यथाशिघ्र साइटमा खटाउनुपर्ने पनि उनले बताए।

Share this news: