सुनाखरी न्युज
२०७६ बैशाख १२ , बिहिवार

अग्नि ग्रुपको ओखलढुङ्गामा नयाँ शोरुम तथा सर्भिस सेन्टरको स्थापना

अटो

Capture

अग्नि ग्रुपको ओखलढुङ्गामा नयाँ शोरुम तथा सर्भिस सेन्टरको स्थापना

सुनाखरी न्युज/ काठमाडौं – अग्नि ग्रुपले हालै आफ्नो महिन्द्रा गाडीहरुका लागि ओखलढुङ्गामा आफ्नो आधिकारिक नयाँ शो रुमको स्थापना गरेको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित रुम्जाटार अटो मोबाइल्सले यस आसपासका क्षेत्रहरुमाआफ्नो गुणस्तरीय एवं आधिकारिक सेवा प्रदान गर्ने छ । शो रुमको समुद्घाटन कम्पनीका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रदेश नं १ का सभासद अम्बिरबाबु गुरुङ्गले गर्नुभएको थियो । उक्त समारोहमा सरकारी एवं गैरसरकारी प्रतिनिधी एवं स्थानीय व्यक्तित्वहरु को सहभागीता रहेको थियो ।

 

हालै स्थापना गरिएको रुम्जाटार अटोमोबाइल्स बाट जेन्यून पार्ट पाइनुका साथै, विक्रीएवं विक्री पछिको सेवाप्रदान गरिने कुरा शोरुमका प्रबन्धनिर्देशक राज घलेले बताउनु भयो । स्थापना गरिएको शोरुम बाट आफ्ना सम्पूर्ण रेन्जकाफोरह्वील सवारी, सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् । ओखलढुङ्गा स्थित नयाँ शोरुम तथा सर्भिस सेन्टरले ओखलढुङ्गा तथा आसपासका वासिन्दाहरु लाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवा तथा सुविधा पाउनु हुने विश्वास कम्पनीले लिएको छ ।“कम्पनी केवल सवारी बिक्री गर्न तर्फ मात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको कुरा”उल्लेख गर्नुभयो । चाहिएको वेला सर्वसुलभ तरिका बाट समयमै ग्राहकरु लाई स्पेयर पार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको छ ।

 

अग्नि ग्रुपको बारेमा
सन् १९९१ मा नेपालमा स्थापनाभएको अग्निग्रुपप्रा।लिअन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा।लि।, अग्निइनर्जी प्रा।लि।, अग्निमोटोइन्क प्रा लि, बालाजू अटो वक्र्स प्रा लि रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीयकार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।

Share this news: