सुनाखरी न्युज
२०७६ बैशाख १२ , बिहिवार

माछापुछ्रे बैंकको एजुकेसन हब सेवा शुरु,पुतली सडक शाखा बाट सेवा पाईने

मुख्य समाचार

Capture

माछापुछ्रे बैंकको एजुकेसन हब सेवा शुरु,पुतली सडक शाखा बाट सेवा पाईने

सुनाखरी न्युज/ काठमाडौं – माछापुछ्रे बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जानचाहने नेपाली विद्यार्थीहरुको सुविधा लाई ध्यानमा राखी‘एजुकेसन हब’सेवा शुरु गरेको छ । बैंकले एकद्वार प्रणाली मार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्दश्यले उक्त‘हब’सञ्चालनमा ल्याएको हो उक्त‘हब’बाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्नेछन् । बैंकको काठमाण्डौ स्थित पुतली सडक शाखा बाट उक्त सेवाहरु ग्राहकहरु लाई प्रदान गरिने बैंकले जनाएको छ । अब उच्च शिक्षा अध्ययनका लागि विदेश जानचाहने नेपाली विद्यार्थीहरुले शैक्षिक कर्जा सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् साथै कर्जाको लागि आवेदन समेत दिन सक्नेछन् ।

 

विद्यार्थीहरुले सोही‘हब’बाटै सम्पूर्ण अनलाईन भुक्तानी सेवा जस्तै पिटिई, आएल्टस्, जीम्याट, जीआरई, टोफेल, स्याट, यूएसएमएलि, एसिटि, एसिसिए, अष्टे«लियन भिषा शूल्क, कलेज आवेदन, सेमिनार दर्ता, ट्रान्स्क्रिप्ट अर्डर PTE, IELTS, GMAT, GRE, TOEFL, SAT, USMLE, ACT, ACCA, Australian Visa Fee, College Application, Seminar Registration, Transcript Order आदि बारे जानकारी लिन तथा सेवा उपभोग समेत गर्न सक्ने बैंकले जनाएको छ ।यस बाहेक विद्यार्थीहरुले शाखा मार्फत आफुलाई उपयोगीबैंकको स्टुडेन्ट सेभिङ्ग बचत खातापनितुरुन्तै खोल्न सक्नेछन् ।यस सेवाबाट विशेष गरीउच्चशिक्षाअध्ययनकालागिविदेश जानचाहनेविद्यार्थीहरु लाभान्वितहुने कुरामा बैंक विश्वस्त रहेको साथै उक्त सेवा आउँदादिनहरुमा आफ्नाअरु शाखा मार्फत समेत विस्तार गर्दै जाने लक्ष्य बैकले राखेको जनाएको छ ।

 

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराई सम्म आफ्ना ९३ वटा शाखाहरु र ५७ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १५० स्थान बाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Share this news: