सुनाखरी न्युज
२०७५ फाल्गुन ५ , आइतवार

नेपाल राष्ट्र बैंकबाट नेपाल इन्फ्राष्ट्रक्चर बैंक लाई पूर्वाधार विकास बैंकको इजाजत प्राप्त

मुख्य समाचार

Capture

नेपाल राष्ट्र बैंकबाट नेपाल इन्फ्राष्ट्रक्चर बैंक लाई पूर्वाधार विकास बैंकको इजाजत प्राप्त

सुनाखरी न्युज/ काठमाडौं – नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकार सहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, नीजि कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानी र प्रयास बाट कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरंजीवि नेपाल बाट वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरेको छ ।

 

रु ४० अर्ब अधिकृत पूँजी, २० अर्ब जारी पूँजी र १२ अर्व चुक्ता पूँजी रहेको यस बैंकले सार्वजनीकतथानिजी साझेदारी मार्फतनेपालको पूर्वाधार ९यातायात, कृषि, उर्जा, पर्यटन, क्भ्श्, आधुनीकशहरी पूर्वाधार, सूचनाप्रविधीलगायत०विकासमा अग्रणी भुमिकानिर्वाह गर्ने लक्ष्यलिएको छ । नेपाल सरकारको १० प्रतिशततथानिजी क्षेत्रको ९० प्रतिशतलगानी रहेको यस बैंकको मुख्यका र्यक्षेत्र अन्र्तगतराष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरीक र वाह्यस्रोत जुटाउने रहेको छ ।बैक स्थापनार्थ सहयोग गर्नुहुने अर्थमन्त्रालय नेपाल सरकार, उद्योग मन्त्रालय नेपाल सरकार, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, संस्थापकहरु, बैंक संचालक समिति, संचारकर्मी, कर्मचारी लगायत सम्पुर्ण सुवेच्छुकहरुमा यस नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा यस्तै सहयोग र साथको अपेक्षा गरेको छ ।

Share this news: