सुनाखरी न्युज
२०७६ बैशाख १२ , बिहिवार

आगामी फागुन १ गते अन्तराष्ट्रिय कण्डम दिवस मनाइदै

स्वास्थ्य

condam day

आगामी फागुन १ गते अन्तराष्ट्रिय कण्डम दिवस मनाइदै

सुनाखरी न्युज/ काठमाडौं – आगामी फागुन १ गते अन्तराष्ट्रिय कण्डम दिवस देशैभरी विविध कार्यक्रम गरि मनाइदै छ । राष्ट्रिय एड्स तथायौन रोग नियन्त्रण केन्द्रको अगुवाइमा एड्स हेल्थ केयर फाउण्डेशन, राष्ट्रिय एचआइभी तथा एड्स महासघं र अन्य साझेदार निकायहरुले विविध जनचेतना मुलक कार्यक्रम गरि यो दिवस मनाउने तयारी गरेका हुन् । कण्डमको प्रयोग लाई बढावा दिदै एचआइभी एड्स जस्ता संक्रमण कम गराउने उद्धेश्यले अन्तराष्ट्रिय कण्डम दिवस मनाउन थालिएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा। तारानाथ पोखरेलले जानकारी दिनुभयो । नेपालमा विगत १० वर्ष देखि एचआइभी व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको संस्था एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दिपक ढुंगेलले पछिल्लो समय एचआइभी संक्रमणको दर घट्दो क्रममा रहेकाले हाल सञ्चालीत कार्यक्रमहरु लाई अझ व्यापक बनाउनु पर्ने धारणा राख्नुभयो ।

एचआइभी संक्रमितहरुको छाता संगठन राष्ट्रिय एचआइभीतथा एड्स महासघंका अध्यक्ष राजेश दिदियाले संक्रमितहरुकै सञ्जालको प्रयोग गरि देशैभरी जनचेतनाअभिबृद्धीको पहल भै रहेको जानकारी दिनुभयो ।यद्यपी लाञ्छना र भेदभावको अवस्थामाअझ धेरै सुधारको जरुरी रहेको उहाँको भनाइ छ । सन् २०१७ को अन्त्य सम्मको तथ्यांकअनुसार संसारभर ३ करोड ६९ लाख व्यक्तिहरुमा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । नेपालमा ३२ हजार २० जनामा एचआईभी संक्रमण रहेको हुन सक्ने राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांक छ । झण्डै ७७ प्रतिशत एचआईभी संक्रमण कण्डम विना गरिने यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको केन्द्रको दावि छ ।

Share this news: