सुनाखरी न्युज
२०७५ फाल्गुन ५ , आइतवार

नेविसंघ अध्यक्ष महरको राजीनामा, चुनाव गराउन नयाँ तदर्थ समिति छिट्टै गठन गर्ने नेपाली काँग्रेसको तयारी

राजनीति

mahar

नेविसंघ अध्यक्ष महरको राजीनामा, चुनाव गराउन नयाँ तदर्थ समिति छिट्टै गठन गर्ने नेपाली काँग्रेसको तयारी

सुनाखरी न्युज/
काठमाडौँ — नेपाल विद्यार्थी सघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदवाट राजीनामा दिएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिबाट सङ्घको वर्तमान कार्यसमिति विघटन गर्ने तयारी भइरहेका बेला सोमबार महरले राजीनामा दिएका हुन् ।

महरको कार्यकाल भदौ २ मै सकिएको हो । महाधिवेशन गराउन पार्टीले उनलाई पहिलोपटक तीन र दोस्रो पटक दुई महिनाको समय दिएको थियो ।

तोकिएको समयभित्र महाधिवेशन गराउन नसकेपछि विधानतस्कार्यसमिति नै विघटन गर्ने तयारी पार्टीको थियो । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहित केही नेताहरूले भने वर्तमान नेतृत्वलाई महाधिवेशन गराउन दिनुपर्ने बताउँदै आएका थिए । सभापति देउवा र वरिष्ठ नेता पौडेल भने महर नेतृत्वको कार्यसमिति भङ्ग गरेर महाधिवेशनका निम्ति तदर्थ समिति बनाउन सहमत भएका छन् ।

Share this news: