सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

खोसिँदै राष्ट्र बैंकको स्वायत्तता, गभर्नरलाई नियन्त्रण गर्न अर्थ मन्त्रीका नातेदार र विश्वास पात्रको घेरा

सुनाखरी विशेष

NRB.

खोसिँदै राष्ट्र बैंकको स्वायत्तता, गभर्नरलाई नियन्त्रण गर्न अर्थ मन्त्रीका नातेदार र विश्वास पात्रको घेरा

सुनाखरी न्युज/
काठमाडौं-
पछिल्लो समयमा राष्ट्र बैंकको अधिकार एकपछि अर्को गर्दै खिसिसन थालेको छ । मुलुकको वित्तिय एवं मौद्रि प्रणालीलाई स्वफूर्तरुपमा चलायमान वनाउने उद्धेश्यले राष्ट्र बैंकलाई स्वयत्त निकायकोरुपमा अगाडि सारिएको भएपनि अहिले त्यसमाथि एकपछि अर्को गर्दै हस्तक्षेप हुन थालेको हो ।
राष्ट्र बैंक उच्च स्रोतका अनुसार पछिल्लो समयमा राष्ट्र बैंकले सार्वजनिक गर्ने प्रतिवेदनमा समेत कैचिलाग्न थालेको छ । त्यसमा अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्ना मान्छेलाई सो प्रतिवेदन रुजुगर्न र त्यसलाई सुधारेर मात्र प्रकासनगर्न लगाउने गरेको स्रोतको दावी छ । राष्ट्र बैंककोप्रमूख विभागहरुमापनि उनले हस्तक्षेपगरेर आफ्ना विश्वासपात्रलाई ल्याउने र वित्तिय तथा मैद्रिक क्षेत्रमा खप्पिसहरुलाई पाखा लगाउने गर्न थालेका छन् ।

Share this news: