सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

उदयमान युवा गायक सञ्जय उपमन्यु पाण्डेले ल्याए बजारमा PUBG पब्जि गित (भिडियो सहित हेर्नुस)

मुख्य समाचार

00

उदयमान युवा गायक सञ्जय उपमन्यु पाण्डेले ल्याए बजारमा PUBG पब्जि गित (भिडियो सहित हेर्नुस)

सुनाखरी न्युज/ काठमाडौं – नेपाली आधुनीक संगित क्षेत्रका उदयमान युवा गायक सञ्जय उपमन्यु पाण्डेले दस्रो गित पब्जि PUBG गित हालै बजारमा ल्याएका छन् । DUSH म्युजिक मार्फत बजारमा ल्याइएका छन । गित सार्वजनीक भएसंगै बिभिन्न सञ्चारमाध्यमहरुमा तथा युट्युवमा समेत राम्रो भ्युयर्सहरु भएसंगै सञ्जय लाई संगितिक क्षेत्रमा ग्रिनसिग्नल मिलेको देखिन्छ । नेपाली आधुनीक संगित क्षेत्रका उदयमान युवा गायक सञ्जय उपमन्यु पाण्डेले पहिलो आधुनीक गित “तिमी बिना निरास निरास” पनि बजारमा उपलब्ध छ ।

 

त्यस्तै फेसबुकमा स्टाट्स लेख्दै नेपाली आधुनीक संगित क्षेत्रका उदयमान युवा गायक सञ्जय उपमन्यु पाण्डेले भनेका छन ।
नमस्ते सबै मेरो सुभचिन्तक आफन्त दाजु भाइ अनि साथिहरु मा धेरै दिन को मिहिनेत पछि आज मेरो आफ्नै सङगित अनि स्वर मा रहेको अहिलेको चर्चित खेल पब्जि लाइ गित मार्फत भिडियो रिलिज गर्दै छु । सम्पुण फेसबुकमा रहनु भएका साथिहरु बाट सियर गरि मलाइ साथ दिनु हुन्छ भनि आशा गरेको छु । सो  अन्लाइन ,युटुब ,टिभि च्यानल बाट पनि हेर्न मिल्ने जानकारी गराएका छन ।

 

म्युजिक भिडीयो को सूर्य योन्जनले निर्देशन गरेका छन् भने सुनिल परियार र रिता योन्जन म्युजिक भिडियोको फिचर्ड छन् । गितमा डिपी खनालको शव्द, विश्व अधिकारीको सँगीत संयोजन, सपना लम्सालको मेकअफ ,पवन सुस्लिंगको छायाकन÷सम्पादन र ग्रूव्य ब्वाइजको कोरियोग्राफी रहेको छ । नुवाकोट जिल्ला शिवपुरी गाँउपालीका वडा नं ८ थानापति घर भई हाल धापसीमा बस्दै आएका २८ बर्षिय पाण्डेले संगित बिषयमानै ललितकला क्याम्पस बाट स्नाकोत्तर गरेका छन् । बिगत १२ बर्ष देखिको संगीत अनुभब बोटुल्दै आधुनीक गायन क्षेत्रमा औपचारीक रुपमा प्रवेश गरेका पाण्डेको पहिलो गितको अपार सफलतासंगै आफ्नो दोस्रो पप गितहरु दर्शक श्रोतालाई दिएका छन ।

 

दैनिक ३ देखि ४ घण्टा शास्त्रीय संगितमा साधना गर्ने गरेका पाण्डेले बिभिन्न विद्यालय तथा संगित प्रशिक्षण केन्द्रहरुमा समेत संगितको प्रशिक्षण दिंदै आइरहेका छन् । अन्य गित संगितको तुलनामा नेपालको शास्त्रीय संगित क्षेत्रको बिकास र बिस्तारमा ढिलाई भइरहेको बताँउदै पाण्डेले संगित क्षेत्रको बिकास र बिस्तारका लागि सधै लागिरहने बाताए । संगित क्षेत्रमा लाग्नको लागि परिवार, आफन्ता, दाजुभाई, साथीहरुको राम्रो सहयोग पाएको बताँउदै गायक पाण्डेले उनका आफ्ना सुभचिन्तक,सहयोग गर्ने सबैलाई धन्यवात दिंदै आगामी दिनहरुमा साथ, सहयोग, हौसलाको आशा राखेको बताए ।

भिडियो

Share this news: