सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

एनआई सी एशिया बैंकको बोनस शेयर सूचिकृत

शेयर

NIC Asias

एनआई सी एशिया बैंकको बोनस शेयर सूचिकृत

सुनाखरी न्युज/ काठमाडौं  – यस एनआई सी एशिया बैंक लिमिटेडको २१औं साधारणसभा बाट पारित १० प्रतिशत बोनस शेयर संख्या ८०,३१,११७ कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । सो पश्चात् बैंकको जारी तथा चुक्तापूँजी रु ८,८३४,२२८,६९८ रहेको छ । बैंकको केही शेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमा उक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयरधनी महानुभावहरूमा आग्रह समेत गरिएको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २७७ शाखा कार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जा लभएको बैंक हुन सफलभएको छ ।

 

बैंकको वासलातको आकार रू २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू। १७१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू १४९ अर्ब सहितनिजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हाल यस बैंकमा ग्राहकको संख्याकरिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास लाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहक लाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा ए टि एम विस्तारित काउण्टर, शाखा रहित बैंक सेवा लगायतका मार्फत आफ्नो उपस्थिती थप मजबुतब नाउने योजना अगाडि सारेको छ ।

Share this news: