सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

भारत र पाकिस्तानबीचमा तनाव बढ्दो , दुवै देश युद्दको तयारीमा

विश्व

india and pak

भारत र पाकिस्तानबीचमा तनाव बढ्दो , दुवै देश युद्दको तयारीमा

सुनाखरी न्युज /

काठमाडौं, १५ फागुन । बुधबार बिहान भारतीय सीमाक्षेत्र उल्लंघन गरेको पाकिस्तानी लडाकु विमान भारतले खसालेको दाबी गरेको छ । भारतीय वायुसेनाले एफ–१६ लाई खसोलेको भारतीय मिडियाले दाबी गरिरहेका छन । ताजा स्थितीपछि काश्मिरको पूरा एयर फिल्ड सील गरिएको छ ।

नियन्त्रण रेखा पार गरेका दुई भारतीय विमानलाई पाकिस्तानी सेनाले पाकिस्तानी एयरस्पेसभित्र झारिदिएको पाकिस्तानको दाबी छ । यस्तै, विमानमा सवार एक पाइलटलाई पनि नियन्त्रणमा लिएको पाकिस्तानले दाबी गरेको छ । यद्दपी यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा। मोहम्मद फैसलले यसको जानकारी दिएका छन् । पाकिस्तानी वायू सेनाले आफ्नो वायू सीमाभित्रै रहेर नियन्त्रण रेखाको अर्कोतर्फ बमवारी गरेको छ । तर, यो भारतीय आक्रमणको जवाफ नभएको बताए ।

एजेन्सी

Share this news: