सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

उत्तर कोरियाली नेता किम जोंगको रेलमा सुन्दर युवती कर्मचारी देखि संसारभरीका विशेष प्रविधीसम्म

विश्व

kim rail

उत्तर कोरियाली नेता किम जोंगको रेलमा सुन्दर युवती कर्मचारी देखि संसारभरीका विशेष प्रविधीसम्म

सुनाखरी न्युज /

किम जोंग पितालाई हवाइजहाजमा यात्रा गर्न डर लाग्थ्यो भन्ने गरिन्छ । यसै कारण किम जोंग इलले यो विशेष हरियो रेलको प्रबन्ध आफ्ना लागि मिलाएका थिए भनिन्छ । आफ्नो पिताको मृत्यु पछि किम जोंग उनले उक्त रेल पाएको बताइन्छ । उनी धेरैजसो आफ्नो ‘हरियो रेलमा यात्रा गर्न रुचाउँछन । सन २०११ मा सत्ता सम्हालेपछि गत वर्ष मार्चमा उनी पहिलो पटक उत्तर कोरियाबाट बाहिर निस्किएका थिए ।

यस्तै, रेलभित्रको ढाँचा कुनै पाँचतारे होटल जस्तो छ । किम जोंग उनका लागि यहाँ विशेष टिभी सेट ,ँ एक आलिशान बेडरुम, विशेष कन्फरेन्स साथै सेटलाइट फोनको पनि प्रबन्ध छ । उनको रक्षाका लागि सधैं फौजी तयार हुन्छन ।

किम जोंग उनको रेल हेर्दा जति साधारण देखिन्छ त्यो भित्रबाट निकै विशेष छ । जसरी ‘एयरफोर्स वान’ अमेरिकी राष्ट्रपतिलाई सुरक्षा दिन्छ, त्यसरी नै यो रेल पनि किमको ज्यानको रक्षा गर्छ ।यो रेलको हरेक सिसा टिन्टेड ग्लासबाट भित्र बसेका किमले बाहिरको सबै दृश्य देख्न सक्छन तर बाहिरका कसैले पनि उनलाई देख्न सक्दैनन् ।किम जोंगको यो रेल निकै विलासी छ रेलको ढाँचा बुलेटप्रुप बनाइएको छ ।

Share this news: