सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

एनआईसी एशिया क्यापिटलको वार्षिकोत्सवमा ग्राहकहरुका लागि सेवा शुल्कमा विशेष छुट

शेयर

Nic Capital

एनआईसी एशिया क्यापिटलको वार्षिकोत्सवमा ग्राहकहरुका लागि सेवा शुल्कमा विशेष छुट

सुनाखरी न्युज/ काठमाडौं – एनआईसी एशिया क्यापिटलले आफ्नो दोश्रो वार्षिक उत्सवका अवसरमा नयाँ ग्राहकहरुका लागि सेवा शुल्कमा विशेष छुटको योजना ल्याएको छ । सो सुविधा अन्तर्गत एन आई सी एशियाको डिम्याट खातामा फागुन २२ गतेदेखि चैत ६ गतेसम्म पूर्ण रुपमा निःशुल्क गरिएको एनआइसी एशिया क्यापिटलले जनाएको छ । साथै फागुन २२ गतेदेखि चैत २२ गतेसम्म एक महिनाका लागि लगानी व्यवस्थापन सेवाको सम्पूर्ण शुल्कहरुमा ५०५ छुटको व्यवस्था गरेको छ ।

डिम्याट खातासंगै एनआईसी एशिया क्यापिटलले पूँजी बजारमा लगानीकर्ताहरु लगानी व्यवस्थापन, निष्काशन तथा विक्री प्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्र दर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।

Share this news: