सुनाखरी न्युज
२०७६ जेठ १२ , आइतवार

नियमित चेकजाँच गराउन प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना

स्वास्थ्य

PM

नियमित चेकजाँच गराउन प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि बुधबार भर्ना गरिएको छ । मिर्गौला रोगबाट पीडित प्रधानमन्त्रीको सबै चेकजाँचका लागि कम्तिमा २४ घन्टा अस्पतालमा राख्नुपर्ने हुन्छ । ओली सचिवालयका अनुसार यो नियमित चेकजाँच हो ।

 

थाइल्यान्डमा नियमित चेकजाँचका लागि जानुपर्ने भए पनि समयअभावका कारण त्रिवि शिक्षण अस्पतालमा नै गराउनु परेको बताइएको छ । ओलीको रगतका नमूना संकलन गरिएको छ भने अन्य चेकजाँच पनि भइरहेको बताइएको छ ।

Share this news: