सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

अन्तराष्ट्रिय शिक्षण सेवा तथा IELTS परिक्षामा समेत स्वामित्व भएको IDP Education ले नेपालमा प्रथम पटक कम्प्युटर प्रणालिवाट IELTS परिक्षा संचालन

प्रबिधि

capture

अन्तराष्ट्रिय शिक्षण सेवा तथा IELTS परिक्षामा समेत स्वामित्व भएको IDP Education ले नेपालमा प्रथम पटक कम्प्युटर प्रणालिवाट IELTS परिक्षा संचालन

सुनाखरी न्युज/ काठमाडौं – अन्तराष्ट्रिय शिक्षण सेवा तथा IELTS परिक्षामा समेत स्वामित्व भएको IDP Education ले नेपालमा आप्mनो प्रथम कम्प्युटर प्रणालिवाट संचालन गरिने IELTS परिक्षा सुरु गरेको छ । IDP ले यस कम्प्युटर प्रणालिवाट संचालन गरिने IELTS परिक्षाको केन्द्र गौशाला स्थित पशुपति भिजन कम्प्लेक्समा खोलेको छ । यस केन्द्रको उद्घाटन  विशाल गुप्ता – IDP का IELTS Operation Director दक्षिण एसिया, इन्डोनेशिया तथा मलेशिया तथा अभिषेक श्रेष्ठ  कन्ट्रि म्यानेजर नेपाल ले संयुक्त रुपमा नेपालको प्रख्यात कन्सलटेन्सीहरुका समिपमा गरेका छन् । यसै सन्दर्भमा  कविर खड्गी Head of IELTS Operation नेपाल ले भन्नुभयो – “संसारकै लोकप्रिय IELTS अङ्ग्रेजी भाषाको परिक्षा अब उपरान्त परिक्षार्थीहरुले कम्प्युटर मार्पmत दिन सक्नेछन्। यस परिक्षा केन्द्रले परिक्षार्थीहरुका सम्पूर्ण सुविधालाई ध्यानमा राखेर उच्चतम परिक्षाको अनुभव दिनेछ
भन्नेमा हामी विश्वस्त छौं ।

 

IDP लेकम्प्युटर प्रणालि माफर्त संचालन गरिने IELTS परिक्षा अस्ट्रेलियामा केहि महिना अगाडि सुरुवात गरेको थियो । यस कम्प्युटर मार्फत दिईने IELTS परिक्षाको वस्तु र संरचनामा केहि पनि परिवर्तन गरिएको छैन् । साथमा मैखिक अन्त¥र्वाता (Speaking Test) पहिले झै IELTS द्धारा प्रमाणित परिक्षकले व्यक्तिगत रुपमा लिने छ ।यस कम्प्युटर प्रणालिबाट संचालन गरिने IELTS परिक्षामा विद्यार्थीले आप्mना उत्तरहरु सम्पादन तथा हाइलाइट पनि गर्न सक्छन् । साथसाथै महत्वपूर्ण प्रश्नहरुको नोट पनि गर्न सक्छन् । यस परिक्षा टाईपिङ्ग मा दक्ष विद्यार्थीहरुको माझमा लोकप्रिय भएको छ । हालको लागि कापि र कलममा लिईदै आएको IDP IELTS परिक्षालाई पनि निरन्तरता दिईएको छ । परिक्षार्थीहरुले कम्प्युटर प्रणलीमा आधारीत IELTS परिक्षाको ज्ञान तथा अनुभव लिन लाई साथसाथै दर्ता गर्नलाई पनि IDP IELTS नेपालको website www.idpieltsnepal.com मा login गर्न सक्नेछन् ।

 

अभिषेक श्रेष्ठ, कन्ट्रि म्यानेजर, नेपाल ले भन्नुभयो IELTS परिक्षालाई अस्टे«लिया, क्यानडा,न्यूजिल्याण्ड, आयरल्याण्ड, बेलायत तथा अमेरिका लगायतका संसारभरिका दश हजार भन्दा बढि संस्थाहरुले मान्यता दिएका छन् । । यो संसारको एक मात्र परिक्षा हो जुन दुई वटै ढाँचामा – कापि र कलम र कम्प्युटर प्रणालिमा उपल्ब्ध छ । हामीले यस कम्प्युटर IELTS द्धरा विद्यार्थीहरुलाई आप्mनो परिक्षा जसरी सजिलो हुन्छ त्यसरी नै दिनसक्ने विक्लप दिएका छांै । IDP को कम्प्युटर प्रणलीवाट दिईने IELTS को परिक्षाकेन्द्रहरु विश्व स्तरिय भई परिक्षार्थीहरुको चाहना र सरलतालाई ध्यानमा राखी बनाईएका छन् ।

Share this news: