सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

लुकाई छिपाई ल्याएको २ किलो सुन सहित कैलालीको चिसापानी बाट २ जना पक्राउ

सुन–चाँदी

Gold Arrest

लुकाई छिपाई ल्याएको २ किलो सुन सहित कैलालीको चिसापानी बाट २ जना पक्राउ

सुनाखरी न्युज/  कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका३ बाट दुई किलो २३२ ग्राम सुन तथा चाँदी सहित दुई जना पक्राउ परेका छन । लम्कीचुहा नगरपालिका ३ चिसापानी बाट लुकाई छिपाई ल्याएको करिब २ केजी ३ सय ग्राम सुन सहित धनगढी उपमहानगरपालिका १ बस्ने ४५ वर्षीय रमेशकुमार सैजु र कैलारी गाउँपालिका ५ पवेरा बस्ने २५ वर्षीया सीता चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बा १९ च ७४१३ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको उक्त परिमाणको सुन तथा अन्य चाँदीका भाँडाकुडाहरु सहित फेला पारी चालक सैजु र गाडीमा सवार चौधरीलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share this news: