सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

मन्दिर संरक्षणका लागि तटबन्ध

धर्म - संस्कृति

sunakhari-logo-square

मन्दिर संरक्षणका लागि तटबन्ध

सुनाखरी न्युज/
तनहुँ-
तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित पाँचधारे मन्दिर संरक्षणका लागि तटबन्ध शु? भएको छ । साँगे नदीले मन्दिर क्षेत्र कटान गर्न थालेपछि मन्दिर संरक्षण समितिको पहलमा मन्दिर क्षेत्रमा तटबन्ध शु? भएको हो ।

भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा मन्दिर क्षेत्र वरपर तटबन्ध शु? गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तटबन्धका लागि कार्यालयबाट ४८ थान जाली र आर्थिक सहयोग प्राप्त भएको छ ।

तटबन्धका लागि स्थानीयवासीले श्रमदान गरिरहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो, “धार्मिक महत्वको यस स्थल संरक्षणका लागि तटबन्ध थालिएको हो ।”

सदरमुकामबाट नजिकै रहेर पनि मन्दिर ओझेलमा परेपछि स्थानीयवासी यसको प्रचारप्रसारमा लागेका छन् । पर्यटकीय तथा धार्मिक गन्तव्यको रूपमा विकाश गर्न सकिने उक्त ठाउँ संरक्षणको अभावमा ओझेलमा पर्दै आएको स्थानीय टेकबहादुर श्रेष्ठले बताउनुभयो ।
विभिन्न देवीदेवताको मन्दिरका साथै पाँचधाराबाट अविरल पानी बगिरहने यस ठाउँको पर्यावरणले धेरैलाई आकर्षित गर्न सक्ने भएपनि संवद्र्धन र प्रवद्र्धन नहुँदा यसको चिनारी नै विलिन हुने हो कि भन्ने चिन्ता लागेको उहाँको भनाइ थियो ।

यस स्थानमा चण्डी देउता र राक्षसको युद्ध हुँदा देउताको विजयी भएको र देउताले जनताको संरक्षण गरेको किंवदन्ती छ । अध्यक्ष श्रेष्ठले सरोकारवाला निकायको प्राथमिकतामा नपर्दा यस ठाउँको सोचेअनुसारको विकास हुननसकेको बताउनुभयो ।

बाह्रै महीना एकनासको पानी आइरहने याहाँको पाँचधारे जिल्लाकै गहना भएकाले यसको संरक्षणमा गाउँपालिकाको समेत ध्यान जानुपर्ने उहाँको भनाइ थियो । यस ठाउँमा आउने भक्तजनलाई बस्न र पूजाआजाका लागि सोही ठाउँका श्रीलाल श्रेष्ठले ? ८० हजारको लागतमा बस्ने ठाउँ, जुजुमान श्रेष्ठ तथा बालकुमारी श्रेष्ठले मन्दिर निर्माण र श्यामकुमार श्रेष्ठ तथा सूचना श्रेष्ठले मन्दिरमा घण्ट राख्न सहयोग गर्नुभएको छ ।
रासस

Share this news: