सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

पोर्न स्टार सन्नी लियोनीबारे यी ६ रोचक तथ्य

मुख्य समाचार

sunny

पोर्न स्टार सन्नी लियोनीबारे यी ६ रोचक तथ्य

सुनाखरी न्युज/
काठमाडौं-
पोर्न इन्डष्ट्रीबाट बलिउडमा प्रवेश गरेकी सन्नी लियोनीको सफलता विस्तारै बढिरहेको छ । शाहरुख खानको फिल्म ‘रइस’ मा आइटम डान्सबाट बलिउड प्रवेश गरेकी लियोनीले केही समय पछि सलमान खानको फिलम खेल्ने भएकी छिन् ।

सन्नी लियोनीको बारेमा जान्न सबैका निकै चाँसो हुने गरेको पाईन्छ । सन्नीको विषयमा चर्चा गर्दा एउटा कुरा धेरैलाई कौतुहलको विषय बन्ने गरेको पाइन्छ । त्यो हो, उनी जहाँ जाँदा पनि किन श्रीमान डेनियललाई साथ लिएर हिँड्छिन ? यसको जवाफ एक अन्तरवार्तामा सन्नी स्वयम्ले दिएकी छिन् ।

सन्नीलाई पोर्न इन्डष्ट्रीबाट तानेर निर्देशक महेश भट्टले बलिउडकी हिरोइन बनाएका थिए । तर उनलाई मुलधारका कलाकारहरुले अछुतको व्यवहार गर्थे । उनी कुनै कार्यक्रममा पुग्दा अन्य कलाकारहरु उनीसँग नजिक बस्न समेत रुचाउँदैनथे । अवार्ड शोमा जाँदा सन्नी जब स्टेजमा उक्लिन्थिन्, मुलधारका कलाकारहरु उनीसँग उभिनसमेत हिच्किचाउँथे । उनीहरुका नजरमा सन्नी एक फोहोरी फिल्म उद्योगबाट आएकी फोहोरी नायिका थिइन ।

यसरी सबैले हेयको दृष्टिले हेर्ने गरेको र आफू एक्ली पर्ने गरेकाले सन्नीले जहाँ जाँदा पनि श्रीमानलाई साथै लिएर हिँड्न थालिन । यो क्रम अहिले पनि जारी छ । डेनियल पनि आफ्नी पत्नीलाई कसैले हेला गरेको हेर्न सक्दैनन । उनले सन्नीलाई हरेक कदममा साथ दिदै आएका छन ।

शाहरुख खानको फिल्ममा काम गरेपछि उनलाई हेर्ने नजर अलिकति बदलिएको छ । तर, पनि डेनियलले सन्नीलाई कतै पनि एक्लै जान दिदैनन् ।

भारतमै धेरै विरोधी छन् ।

नायिका सन्नी लियोनीको सबैभन्दा चर्को विरोध भारतमै हुन्छ । यतिसम्म कि सन्नीले अश्लीलता फैलाएको र युवा पुस्तालाई भड्काएको भन्दै उनलाई देश निकाला गर्नुपर्ने आवाजसमेत ब्यक्त गर्दै आएका छन् ।

सलमान भन्दा बढि रुचाउँछन्

भारतमा उनको जति धेरै विरोध भएपनि भारतकै युवाहरुले उनलाई धेरै रुचाएको पाईएको छ । भारतीयहरुले इन्टरनेटमा सबैभन्दा धेरै सन्नीकै खोजी गर्छन् । भिडियो र तस्बिर हेरेर मनोरञ्जन लिन्छन् । विश्वको सबैभन्दा ठुलो सर्च इन्जिन गुगलले सन २०१५ मा भारतमा सबैभन्दा धेरै खोजी सन्नीको भएको जनाएको छ ।

पोर्न स्टार हुँदै हिन्दी फिल्ममा प्रवेश गरेकी सन्नी प्रायः चर्चामा हुने गर्छिन्। त्यसो त सन २०१४ मा पनि भारतमा धेरै खोजिएको पात्र सन्नी नै भएकी थिइन् ।

धेरै खोजिनेमध्ये दोस्रो व्यक्तिको रूपमा चयन भएका छन, सलमान खान । गुगलमा खोजिने पात्रहरूमा सलमानभन्दा शाहरुख एक कदम पछाडि तेस्रो स्थानमा छन । हिट एन्ड रनलगायतका अन्य केही विवादका कारण सलमानलाई धेरै खोजिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सन्नी लियोनीपछि धेरै खोजिएकी अर्की नायिका हुन, कट्रिना कैफ ।

सन २०१५ सुरु हुनै लाग्दा रणवीर कपुरसँग मगनी गरेको भनेर चर्चामा आएकी कट्रिना वर्षभरि नै चर्चाको विषय बनिरहिन । धेरै खोजिएका अन्य नायिकाको सूचीमा दीपिका पादुकोण तेस्रो, आलिया भट्ट चौथो र राधिका अप्टे पाँचौं स्थानमा छन ।

त्यस्तै, नायकको सूचीमा अक्षय कुमार तेस्रो, साहिद कपुर चौथो र ऋतिक रोशन पाँचौं स्थानमा छन्। धेरै खोजिएका अन्य नायिकामा क्रमशः अनुष्का शर्मा, ऐश्वर्या राय, करिना कपुर, प्रियंका चोपडा र पुनम पाण्डे रहेका छन ।

धेरै खोजिने नायकको सूचीमा रणवीर कपुर, आमिर खान, बरुण धवन, अमिताभ बच्चन र अजय देवगण रहेका छन्। धेरै खोजिएका फिल्ममा बाहुबली, बजरंगी भाइजान, प्रेम रतन धन पायोलगायत रहेका छन ।

ठूलो विमान दुर्घटनाबाट बचिन्

बलिउड नायिका सन्नी लियोनी रसियामा विमान दुर्घटनाहुनबाट बचेकी छन । उनले सामाजिक संजालमा कसरी उनको समूह र उनी विमान दुर्घटनाबाट बच्न सफल भए भन्ने विषयमा जानकारी दिएकी छिन ।

उनले उक्त भिडियो ट्वीटरमा सेयर गरेकी छिन । भिडियोमा दिएको जानकारी अनुसार खराब मौसमका कारण उनको विमान रसियामा दुर्घटना हुने स्थितीमा पुगिसकेको तर उनको समूह सुरक्षित हुन सफल भएको छ ।

सन्नी लियोनले यो भिडियो एक कारमा सुट गरेकी छिन् । कारमा उनका श्रीमान् ड्यानियल बिबर र अन्य सदस्य पनि देखिएका छन् ।सन्नीले एक अन्य ट्वीट गर्दै विमानका पाइलटलाई पनि धन्यवाद दिएकी छिन ।

सन्नी लियोनी आमा बनिन्

धेरैलाई अचम्म लाग्छ सक्छ, बलिउड नायिका सन्नी लियोनी आमा बनीन भन्दा । तर त्यो कुरा कुनै चलचित्रमा अभिनय नभई साँच्चै एक अनाथ बालिकाकी आमा बनेकी छिन सन्नी ।

सन्नीले एक अन्र्तवार्तामा आफू चाँडै आमा बन्न लागेको बताएपछि भारतीय मिडियामा उनको सो कुराको खुलासाले विश्वभरी नै भाइरल बनीरहेको बेला उनले दुई वर्षकी एक अनाथ बालिकालाई छोरीको रुपमा स्वीकादै आमा बन्ने इच्चा पूरा गरेकी हुन ।

हिन्दुस्तान टाइम्सले उल्लेख गरे अनुसार महाराष्ट्रको लातुर जिल्लाको एक अनाथ बालिकालाई उनले छोरीको रुपमा स्वीकारेकी हुन । वालिकाको नाम निशा कौर राखिएको छ । आफुलाई आमा बन्ने रहर भएपनि गर्भवती हुन डरलाग्ने बताउँदै आएकी सन्नीले काम धेरै गर्न बाँकी रहेकाले तत्काल गर्भवती नहुने बताउँदै आएकी छिन ।

सबै भन्दा धेरै कमाउने पोर्न स्टार

एक समय पोर्न इण्डस्ट्रीमा राज गरेकी लियोनी अहिले बलिउडमा चर्चा कमाउँदैछिन । सन २०१४ र १५ मा भारतमा सबैभन्दा बढी गुगल सर्च गरिएकी सन्नीको कमाई अरु पोर्न स्टारको भन्दा निकै बढी छ ।

Share this news: