सुनाखरी न्युज
२०७६ जेठ १२ , आइतवार

कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मा यो बर्ष सवैभन्दा बढी कोटा, यो बर्ष मात्रै कोरियाले १० हजार नेपाली कामदार लैजाने

प्रवास

kkk

कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मा यो बर्ष सवैभन्दा बढी कोटा, यो बर्ष मात्रै कोरियाले १० हजार नेपाली कामदार लैजाने

सुनाखरी न्युज/
काठमाडौँ — कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मा यो बर्ष सवैभन्दा बढी कोटा निर्धारण गरेको छ । यो ब्यवस्था अनुरुप यो बर्ष मात्रै १० हजार नेपाली कामदार लैजाने छ ।

रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्यांकनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो । कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपूर्ति गर्छ । कामदार कोरिया जान ८ सय १५ अमेरिकी डलर खर्च हुन्छ ।

‘अहिलेसम्मकै उच्च कोटा निर्धारण भएको पत्र प्राप्त भएको छ,’ ईपीएस कार्यालयका एक अधिकारीले भने, ‘नियमित तालिकाअनुसार परीक्षा लिइनेछ ।’ नेपालले तोकिएको समयभित्र पारदर्शी ढंगले कामदार भर्नामा सहयोग गरेको भन्दै कोरिया सरकारले दुईपटक अवार्ड दिइसकेको छ । ‘हाम्रो कार्यसम्पादन चुस्त छ । सबै निर्धारीत प्रणालीअनुसार कामदार भर्ना हुन्छ । कामदार भर्ना प्रक्रियामा तेस्रो पक्ष को संलग्नता पनि छैन,’ ती अधिकारीले भने, ‘पारदर्शीपूर्ण कामबाट कोरिया सरकारले कोटा पनि बढाउँदै लगेको देखिन्छ । यसले युवापुस्ताका लागि थप अवसर सिर्जना भएको छ ।’

कोरिया जाने युवाले मासिक एक लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्छन् । सन् २०१८ मा ८ हजार ५ सय ११ जना नेपाली पठाइएको थियो । गएको वर्षदेखि कोरियामा गई काम गरी फर्किआएकाहरूलाई कम्युटरमा आधारित परीक्षा ९सीबीटी० बाट लिन थालेको छ । १२ सय कामदार गइसकेका छन् ।

 

Share this news: