सुनाखरी न्युज
२०७६ जेठ १२ , आइतवार

अवदेखि आवसीय क्षेत्रमा मात्रै घडेरी बिक्री गर्न पाइने, संसदले पास गर्यो नयाँ ब्यवस्था, यस्ता छन् घडेरी सम्वन्धि नयाँ प्रावधान !

सुनाखरी विशेष

Ploting

अवदेखि आवसीय क्षेत्रमा मात्रै घडेरी बिक्री गर्न पाइने, संसदले पास गर्यो नयाँ ब्यवस्था, यस्ता छन् घडेरी सम्वन्धि नयाँ प्रावधान !

 

सुनाखरी न्युज/
काठमाडौं– अब आवासीय प्रयोजनका लागि वर्गीकरण गरिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा व्यावसायिक उद्देश्यले घडेर बिक्री गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको बैठकले जग्गा वर्गीकरणको प्रावधान समेत समेटेर विधेयक पारित गरेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको प्रस्तावमा विधेयक बहुमतले पारित भएको हो । पारित विधेयक अब राष्ट्रियसभामा पेस हुनेछ । राष्ट्रियसभामा पेस भई प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ । पारित विधेयकअनुसार अब आवासीय क्षेत्र छुट्याइएको बाहेक अन्य क्षेत्रमा व्यावसायिक प्रयोजनले घडेर बिक्री गर्न पाइने छैन ।

पारित विधेयकले जग्गाको वर्गीकरण समेत गरेको छ । भूमिको बनोट, उत्पादनको क्षमता, मौजुदा उपयोग र आवश्यकताका आधारमा भूमि वर्गीकरण गरिएको छ । जसमा कृषि क्षेत्र, आवासीय क्षेत्र, औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी खोला तथा ताल क्षेत्रमा वर्गीकरण गरिएको छ । गोरखापत्र वाट

Share this news: