सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

मोदिवेणी स्थित नृसिंह मन्दीरमा भएको चोरीमा संलग्न ३ जना पक्राउ

सुरक्षा–अपराध

1

मोदिवेणी स्थित नृसिंह मन्दीरमा भएको चोरीमा संलग्न ३ जना पक्राउ

सुनाखरी न्युज/ पर्वत – जिल्ला पर्वत कुश्मा नगरपालिका वडा न ५ मोदिवेणी स्थित नृसिंह मन्दीरमा भएको चोरीको घटनामा संलग्न ३ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वत वाट प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठको कमाण्डमा खटिएको अनुसन्धान टोलीले पर्वत जिल्लाका विभिन्न स्थानहरुवाट चोरी गरेको सामाग्री सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्वत कुश्मा नगरपालिका वडा न ४ वस्ने वर्ष २८ को कसम पुन, र वडा न ६ वस्ने वर्ष २९ को सुमन गुरुङ, र वडा न १० वस्ने वर्ष ३२ को लेख वहादुर नेपाली पक्राउ परेका छन भने जिल्ला धादिङ साविक निलकण्ठ गाविस वडा न १० स्थाई वतन भई हाल कुश्मा नगरपालिका वडा न ५ वस्ने वर्ष २५ को अंजन वराईली फरार रहेको र खोजी कार्य भैरहेको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी उपरिक्षक भुवनेश्वर तिवारी पर्वत का प्रमुख हुन । साथै एक कुशल प्रहरी अधरिकारी हुन जो एक कर्त्वय निष्ठा र कानुन लाई अक्षरम्स पलना गर्ने प्रहरी हुन । जस्ले कानुन विपरितका कुनै पनि क्रीयाकलाप मा सलग्न लाई कानुनी कठघरा मा उभ्याउन आफु कही कतै नचुक्ने बताउछ्न तिवारी । त्यस्तै  जिल्ला प्रहरी कार्यालय पर्वत कार्यरत प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठ एक कुसल अनुसन्धान अधिकृत हुन जस्ले पुरान दुर्लब आफ्ना पहिचान बोकेका बस्तु हरु चोरि गर्ने लाई कानुनी कठघरामा उभ्याउन सफल भए ।

निजहरुले मन्दिरमा रहेका करिव ३७ थान पुराना शालिग्रामहरु, शंख तथा दान पेटिकामा रहेको रकम रु ४००० समेत चोरी गरेका थिए भने चोरी सामानहरु मिति २०७५।११।२६ गते नै कुश्मा नगरपालिका वडा न ४ स्थित कालीगण्डकी छमर्के सामुदायिक वनको झाडीमा लुकाई राखेको अवस्थामा बरामद गरिएको थियो । निजहरु लाई सम्मानित पर्वत जिल्ला अदालत वाट चोरी सम्वन्धी कसुर मुद्धामा अनुसन्धानको लागी दिन ७ म्याद थप भई अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

Share this news: