सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

शेयर लगानीकर्ताद्वारा चरणबद्ध आन्दोलनको घोषणा, अर्थमन्त्रीको बर्खास्ती लाई बनाए मुख्य माग, यस्ता छन् माग र विरोधका कार्यक्रम

शेयर

Share Downn

शेयर लगानीकर्ताद्वारा चरणबद्ध आन्दोलनको घोषणा, अर्थमन्त्रीको बर्खास्ती लाई बनाए मुख्य माग, यस्ता छन् माग र विरोधका कार्यक्रम

सुनाखरी न्युज/
काठमाडौं-
शेयर बजारका लगानीकर्ताहरुले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । शेयर बजारको सुधारका लागि यसअघि उठाएका मागहरु पुरा गर्न सरकार तयार नभएको भन्दै सेयर बजार लगानीकर्ता दबाव समूहले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको एउटा समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । समूहका महासचिव नयन बास्तोलाले अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बखास्तीको माग अघि सारेको बताए ।

यसअघि पनि अथमन्त्री खतिवडाका साथै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा। रेवतबहादुर कार्कीलगायतको राजीनामा समूहले माग गर्दै आमरण अनसन बसेको थियो ।

९ गतेदेखि शुरु हुने आन्दोलन १६ गतेसम्म निरन्तर चल्नेछ । १६ गते प्रधानमन्त्री तथा अर्थमन्त्रीको सार्वजनिक कार्यक्रमहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रमसमेत रहेको बास्तोलाले बताए ।

यस्तो छ आन्दोलनको कार्यतालिका

चैत्र ९ गते अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्ने

चैत्र १० गते, धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ

चैत्र ११ गते नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारीको घर घेराउ

चैत्र १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने

चैत्र १३ गते, नेपाल धितोपत्र बोर्डमा तालाबन्दी गर्ने

चैत्र १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनाहरुलाई नेपालको पुँजी बजारबारे अवगत गराउन विवरण पत्र बुझाउने

चैत्र १५ गते लगानी सम्मेलनमा विदेशी पाहुनासँग छलफल गर्ने

चैत्र १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने

Share this news: