सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी विच एकिकरण हुनु भन्दा आगाडीका केन्द्रिय समितीहरु यथावत

राजनीति

RPP Sayauta logo

राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी विच एकिकरण हुनु भन्दा आगाडीका केन्द्रिय समितीहरु यथावत

सुनाखरी न्युज/ काठमाडौं – आज राप्रपा सयुक्तले एक विज्ञप्ति जारी गर्दै राष्ट्रीय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र एकीकृत राष्ट्रीय प्रजातन्त्र पार्टी राप्रपा राष्ट्रवादी एकिकृत भई बनेको राप्रपा राष्ट्रीय प्रजातन्त्र पार्टी संयुक्त को केन्द्रिय कार्य समिती एकिकरण हुनु भन्दा आगाडी रहेको केन्द्रिय समितीहरु यथावत रहेको जानकारी गराईन्छ । सो को जानकारी राप्रपा संयुक्तका संचार समितिका सदस्य जनक राज पाठकले दिनु भयो । राप्रपा संयुक्तका अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराद्वारा आज जारी विज्ञप्तिमा पार्टी एकिकारण हुनुभन्दा अगाडिका दुवै पार्टीका पद यथावत रहेको कुरा विज्ञप्तिमा उल्लेखित छ ।

 

विज्ञप्ति

राप्रपा संयुक्तले नेपाललाई सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर्ने, साझा संस्थाको रूपमा राजसंस्था सहितको प्रजातन्त्र पुनर्बहाली गर्ने, संविधान सम्मत गठित सबै तल्ला तहमा शक्तिको रूपान्तरण गर्ने, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने गरेको छ । राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र लोहनीको एकीकृत राप्रपा राष्ट्रवादी बीच माघ १८ गते एकता भएको थियो। दुई पार्टी एकतापछि राप्रपा संयुक्त बनेको हो।

Share this news: