सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार विहान संसदबाट पारित गर्ने तयारी

अर्थ

Lagani

सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार विहान संसदबाट पारित गर्ने तयारी

सुनाखरी न्युज/
काठमाडौं-
सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदबाट बुधबार पारित गर्ने तयारी भएको छ ।
अर्थ समितिमा छलफलपछि त्यसलाई पारित गर्न लागिएको हो ।

यही चैत १५–१६ गते गर्न लागेको ‘नेपाल लगानी सम्मेलन’का लागि लक्षित गरेर सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत फागुन १४ गते संसदमा दर्ता गरेको थियो ।

प्रतिनिधिसभाको बुधबार मध्यान्न १२ बजे बस्ने बैठकबाट दुवै विधेयक पारित गर्ने तयारी भएको समिति सभापति कृष्णप्रसाद दाहालले बताए । उनका अनुसार उक्त लगानी सम्मेलनलाई लक्षित गरेर सरकारले ल्याएको विधेयक छिट्टै टुङ्ग्याएर समितिले पनि पठाउन लागेको हो ।

समितिले सोमवार नै विधेयकमाथि छलफल सुरु गर्ने र मंगलबार टुंग्याएर बुधबार बस्ने प्रतिनिधि सभामा पेश गर्ने तयारी गरेको थियो ।

Share this news: