सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

मन्त्रिपरिषद् पुनर्गठनको तयारी

राजनीति

Prachanda & KP Oli

मन्त्रिपरिषद् पुनर्गठनको तयारी

सुनाखरी न्युज/  विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच मन्त्रिपरिषद् पुनर्गठन बारे कुराकानी भएको छ । प्रचण्डका अनुसार मंगलबार विहान प्रधानमन्त्री ओलीसँग कुराकानी भएको थियो ।‘प्रधानमन्त्रीजीको भनाइ छ म हेरिरहेको छु दुई अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्‍यो भने केही हेरफेर हुनसक्छ । तर अहिले हतारो छैन विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै प्रचण्डले भनेका छन् ।

तपाईले के सल्लाह दिनुभयो भन्ने प्रश्नमा उनले भने, मैले यो तपाईंको मूल्यांकनमा भर पर्ने कुरा हो, र अधिकार क्षेत्र पनि तपाईकै हो भनेको छु । तपाई नै निर्णय गर्नुस् भनेको छु । एक बर्षको अवधीमा अपेक्षा अनुसार काम गर्न नसके पनि पूर्वाधारका क्षेत्रमा भने काम भएको प्रचण्डले बताए । कानुन निर्माण, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलन ल्याउन र सामाजिक सुरक्षाका कार्यक्रम लागु गर्न सरकार सफल भएको उनको भनाइ छ ।

Share this news: