सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

बिदेशी लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धि विधेयकमा चेम्वरको ध्यानाकर्षण

अर्थ

chamber

बिदेशी लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धि विधेयकमा चेम्वरको ध्यानाकर्षण

सुनाखरी न्युज/
काठमाडौं-
संसदमा पेश गरिएको र विचाराधीन रहेको बिदेशी लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धि कानुनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयक २०७५ मा व्यवस्था गरिएको प्राबधानहरुबारे नेपाल चेम्बर अफ कमर्सको ध्यानाकर्षण भएको छ । राष्ट्रको समग्र बिकासको लागि बैदेशिक लगानी अपरिहार्य भएतापनि आन्तरिक पुँजी परिचालन गरि स्वदेसी सिपको जगेर्ना, प्रयोग र विकाससंग सम्बन्धित कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेकोले सबै क्षेत्रमा बैदेशिक लगानी खुल्ला गर्न आवश्यक देखिदैन ।

बैदेशिक लगानी, आन्तरिक पुँजीले सम्भव नहुने उच्च प्रबिधियुक्त ठुला परियोजना र ’मेगा–इन्डस्ट्री’मा उपयुक्त हुन्छ । स्वदेशी ज्ञान, सिप र प्रबिधिको परिचालन गर्न सकिने क्षेत्रहरु, जस्तै लघु उद्योग र घरेलु उद्योग अन्तर्गत कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरु, पशु पालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन, कार्गो सेवा एबं शैक्षिक परामर्स जस्ता अति महत्वपूर्ण व्यवसायहरुमा बैदेशिक लगानी भिÊयाउंदा त्यसबाट राष्ट्रलाई फाइदा भन्दा अन्तत्वगत्वा बेफाइदा नै हुन सक्छ । ति क्षेत्रहरुमा क्रियाशील स्वदेशी जनशक्तिमा निराशा पैदा हुंदा पुँजी निस्क्रिय हुने सम्भावना हुन्छ जसले गर्दा जनशक्ति विस्थापन र पलायन हुनुका साथै स्वदेशी उद्यमशिलतामा ह्रास आउछ । त्यसैले स्वदेशी सिप, प्रबिधि, जनशक्ति र पुँजी परिचालन गर्न सकिने क्षेत्रहरुमा बैदेशिक लगानीलाई प्रबर्दन नगर्न नेपाल चेम्बर अफ कमर्सले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछ ।

Share this news: