सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा तिव्रता, तोकिएको समयभन्दा छ महिनाअघि नै निर्माण सक्ने दाबी

मुख्य समाचार

Pokhara

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा तिव्रता, तोकिएको समयभन्दा छ महिनाअघि नै निर्माण सक्ने दाबी

सुनाखरी न्युज/
पोखरा — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तिव्ररुपमा अगाडि बढाइएको छ । विमानस्थलको एप्रोन (जहाज चढ्ने र ओराल्ने ठाउँ) को निर्माण सकिएको छ । यतिबेला रनवे, टर्मिनल भवनलगायत संरचना धमाधम निर्माण भइरहेको आयोजनाले जनाएको छ । आयोजना राष्ट्रिय गौरवको हो । यसलाई तोकिएको भन्दा छ महिना अगावै वनाई सक्ने योजना छ ।

आयोजनाका अनुसार ५ हजार ५ सय १९ वर्गमिटरको एप्रोनको निर्माण सकिएको हो । ‘एप्रोनको काम सबै सकिएर अहिले रनवेलगायत अन्य संरचनाको काम भइरहेको छ,’ आयोजनाका इन्जिनियर कृष्णप्रसाद पौडेलले भने, ‘हालसम्म आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ ।’ ट्याक्सीवे, रनवे सोल्जरलगायत विमानस्थल क्षेत्रमा विद्युतीकरणका लागि केबुलिङ र लाइटिङको काम पनि भइरहेको छ ।

२ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रनवे निर्माणको काम ४० प्रतिशत पूरा भएको छ । अबको डेढ महिनामा रनवे पूरै तयार हुनेछ । त्यसैगरी तीन महिनाभित्र ट्याक्सीवे निर्माण हुने गरी काम भइरहेको छ ।  विमानस्थल १० जुलाई २०२१ भित्र निर्माण सकेर नेपाललाई हस्तान्तरण गर्नुपर्ने ठेकेदार कम्पनीसँगको सम्झौता छ । भन्सार, क्वारेन्टाइनजस्ता आवश्यक १५ वटा संरचना निर्माणको काम पनि भइरहेको छ ।

Share this news: