सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

तरकारिको उचित मूल्य पाउन किसानलाई धौ धौ

कृषि

1

तरकारिको उचित मूल्य पाउन किसानलाई धौ धौ

अ्मित भट्ट / काठमाडौं – सुनदेखी नुन सम्ममा ठगिएका उपभोक्ता तरकारिमा समेत उच्च मुल्यमा ठगिन बाध्य छ्न । किसानले वर्ष दिनको मेहनतलाई एकै झटकामा सिन्डिकेट वाला विचौलियाहरुले कम मुल्य दिएर ठग्ने गरेका छ्न । उनिहरुले किसानलाई  तरकारी कुहिहाल्छ दिने भए देउ नत्र तिमिहरुको तरकारी फालिदिन्छौ भन्ने जस्ता धम्की दिदै कम मुल्यमा तरकारी उठाउने गरेका छ्न । बिचौलियाले किसानबाट कम मुल्यमा ल्याएको तरकारी उपभोक्तालाई भने बढी मुल्यमा बेचिरहेका छ्न । विषेश गरि काठमाडौको कालिमाटीमा संस्थागत रुपमा सिन्डिकेट खडा गरि वसेका समूह रहेका छ्न । उनिहरु किसानलाई धम्काउने, थर्काउने, उस्तै परे कुटपिट समेत गर्ने गरेका किसानहरुको गुनासो आउने गरेको छ, तर प्रहरी प्रशासन, कालिमाटी तरकारी तथा फलफुल विकास समितिले समेत तिनै सिन्डिकेटधारी विचौलियाको कुरा सुन्ने गरेका छ्न ।

 

धादिङ, गोर्खा, नुवाकोट, काभ्रे, बारा, चितवन, पर्सा, सर्लाही, सप्तरिका किसान आफुले उत्पादन गरेका बालिको उचित मूल्य नपाएर कम मुल्यमा रुदै आफ्ना बाली बिक्री गर्नुपर्ने अवस्था रहेको बताउछ्न । आफुले लगाएको तरकारीको उचित मूल्य नपाएप छी किसानहरुले धेरै ठाउमा आफ्ना बाली नस्ट गर्दै आएका छ्न । किसानका अनुसार, भारतबाट आयात हुने विषादी तरकारी सस्तो र सुलभ भएकाले हाम्रो स्वच्छ र विषादिरहित तरकारी नबिक्ने दावी छ  । तरकारी फलाए पनि नबिक्ने र उचित मूल्य नपाउने भएपछी प्राय किसान आफ्नो जमिन त्यसै बाझो राख्न बाध्य छ्न । यदि कुनै समयमा तरकारी बिकि हाल्यो भने पनि तरकारिको बीउ किन्न पैसा समेत नउठ्ने किसानहरु बताउछ्न, हामि विषादीरहित तरकारी फलाउछौ भन्दापनि , तरकारी खान योग्य भएपछी त्यो कहाँ लगेर बेच्ने भन्ने कुरामा अस्तव्यस्त देख्छौ ।

 

 

गाउँबाट २० रुपैयामा ल्याईएको काउली काठमाडौ आईपुग्दा १०० हुन्छ, त्यो काउली बिचौलियाले सस्तो मुल्यमा किनेर महँगो मुल्यमा बेच्ने गर्छ्न । बिना मेहनत नाफा कमाउन खोज्ने बिचौलियाहरु बिचबाटोमा प्रश्स्त भेटिन्छ्न । अब, यसरी नै बिचौलियाको लाईन लाग्ने हो भने कुनै समयमा नेपाली ले स्वच्छ तरकारी खान पाउदैन्न भन्ने किसानको पुष्ट्याई छ ।

Share this news: