सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

विप्लव समूहको बन्दले जनजीवन प्रभावित

राजनीति

biplov

विप्लव समूहको बन्दले जनजीवन प्रभावित

सुनाखरी न्युज/ काठमाडौं – विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दले राजधानी सहित देशभर प्रभाव परेको छ । राजधानीमा अरु दिनको तुलनामा केही कम सवारी साधन चलेपनि बन्दकर्ता सडकमा देखिँदैनन् । तर, बिहानी सत्रको अधिकांश कलेज बन्द रहे । यस्तै बजार उद्योग तथा कलकारखानामा पनि बन्दको सामान्य प्रभाव देखिएको छ । विप्वलको बन्दलाई प्रभावहीन बनाउन राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

आफ्नो पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गरिनुपर्ने, देशव्यापी धरपकड रोकिनुपर्ने लगायतका माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो । पछिल्लो पटक सरकारले विप्लव समूहलाई प्रतिबन्धनै लगाएपछि सो पार्टीले पहिलो पटक नेपाल बन्दको आह्वान गरेको हो ।

Share this news: