सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट चैत १ र २ गते

खेलकुद

हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट चैत १ र २ गते

सुनाखरी न्युज/ काठमाडौं – नेपालको लागि हुण्डार्ई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा लि। ले बिगतका वर्ष झैँ यस वर्ष पनि ‘हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट २०१९’ को आयोजना गर्ने भएको छ । उक्त टुर्नामेन्ट ग्लिनियग्लेस डिजाइन गोकर्ण गल्फ क्लबमा यही आगामी चैत १ र २ गते हुने भएको छ । उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फर्म्याटमा र ३ र ४ ह्यान्डीक्यापमा खेलीने छ । यस टुर्नामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन् ।

 

यस टुर्नामेन्टमा टाइटल विनर नेट, फष्ट रनरअप, सेकेण्ड रनरअप, बेष्ट ग्रस, लेडिज विनर, सिनियर विनर ६० वर्ष उमेर माथिको, जुनियर विनर १७ वर्ष उमेर मुनीको, हुण्डार्ई वनर्स क्याटेगोरी विनर, लङ्गेष्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, मष्ट विरडाइज क्याटेगोरीमा बिजेता घोषित गरिने छ । यसको साथै होल इन वान बिजेतालाई उपहार स्वरुप एक थान द अल न्यु हुण्डाई सेन्ट्रो गाडी प्रदान गर्ने घोषणा गरीएको छ ।

Share this news: