सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

एशियन लाईफ इन्स्योरेन्स र गण्डकी विकास बैंक बीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता

बीमा

Capture

एशियन लाईफ इन्स्योरेन्स र गण्डकी विकास बैंक बीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता

सुनाखरी न्युज/ काठमाडौं – जीवन बीमा लाई सर्वसाधारणको पहुँच सम्म सजिलै पु¥याउने उद्देश्यले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र गण्डकी विकास बैंक लिमिटेड बीच “जीवन बीमा सेवा“ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ । उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र गण्डकी विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले एक कार्यक्रमका बीच हस्ताक्षर गर्नुभएको छ । अब गण्डकी विकास बैंकको ७७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।

 

साथै एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशैभर रहेका आफ्नो ११४ वटा कार्यालयहरु बाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको छ । २०७५ पुस मसान्त सम्म यस कम्पनीको जीवन बीमा कोष रु १५ अर्ब १२ लाख रहेको छ । रु ५ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको यस कम्पनीले चुक्ता पूँजी रु २ अर्ब पु¥याउनको लागी निकट भविष्यमा ६० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज समेत गरिसकेको छ ।

Share this news: