सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

जनरल इन्स्योरेन्स कम्पनी र गण्डकी बिकास बैंक बीच बैङ्कासुरेन्स सम्झौता

बीमा

Capture

जनरल इन्स्योरेन्स कम्पनी र गण्डकी बिकास बैंक बीच बैङ्कासुरेन्स सम्झौता

सुनाखरी न्युज/ काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड जिआइसि, नेपाल र गण्डकी बिकासबैंक लि बीच बैङ्कासुरेन्स सम्झौता भएको छ। जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि।९ जिआईसि नेपाल० र गण्डकी बिकास बैंक बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्क बीच मिति २०७५ फाल्गुण ३० गते बिहिबारका दिन आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

 

अब गण्डकी विकास बैंकको ७७ वटा शाखाहरुबाट समेत जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड जिआइसि, नेपाल प्रचलनमा ल्याएको निर्जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्सका महाप्रबन्धक एस् क तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

Share this news: