सुनाखरी न्युज
२०७६ जेठ १२ , आइतवार

ग्लोबल आइएमई बैंकद्वारा सार्वजनिक सवारी साधनका चालक र परिचालक लाई पोशाक वितरण

मुख्य समाचार

Capture

ग्लोबल आइएमई बैंकद्वारा सार्वजनिक सवारी साधनका चालक र परिचालक लाई पोशाक वितरण

सुनाखरी न्युज/ काठमाडौं – ग्लोबल आइएमई बैंकद्वारा सार्वजनिक सवारी साधनका चालक र परिचालकलाई ५०० थान पोशाक वितरण । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय सँगको सहकार्यमा उक्त प्रदेशका सार्वजनिक सवारी साधनका चालक तथा परिचालक लाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५०० थान पोशाक वितरण गरेको छ । प्रदेश नं १ अन्तर्गतका १४ वटै जिल्लाहरुमा संचालन हुने सार्वजनिक सवारी साधनकाचालक तथा परिचालकहरुले अनिवार्य पोशाकलगाउनु पर्ने व्यवस्था लाई कार्यान्वयन गर्न गराउन निम्नआय स्तर भएका सवारी चालक तथा परिचालकहरु लाई उक्त पोशाकहरु वितरण गरिएको हो ।

 

ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीसँगको सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सवारी दुर्घटना न्यूनीकरण एवम् ट्राफिक व्यवस्थापनकार्य लाई प्रभावकारी बनाउने उद्देश्यका लागि विभिन्न कार्यक्रहरुमा सहयोग गर्दै आएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्व लाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरुस बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतना मूलकका र्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

Share this news: