सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

दराजले ल्यायो भारी छुट अफर

मुख्य समाचार

1

दराजले ल्यायो भारी छुट अफर

सुनाखरी न्युज/ काठमाडौं – नेपालको बृहत्तर अनलाइन् शपिङ्ग गन्तव्य, दराजले, आफ्नो ब्राण्ड डे शृंखला ९ शुक्रबार० मार्च १५, २०१९ का दिन प्रख्यात ब्राण्ड सोनीको साथमा गर्ने भएको छ। शुक्रबार मध्यरात सम्म उपभोक्ताहरुले दराज मार्फत् सोनीका खास अफरहरुको मज्जा लुट्न सक्नेछन। उक्त दिनमा सोनीको विभिन्न उत्पादनहरु जस्तै फोन, क्यामेरा, टिभी, साथै अन्य समानहरुमा विशेष छुट, आकर्षक उपहारहरु तथा रु पाँच हजार सम्मको संग्रहणीय भाउचरहरु प्रदान गरिनेछ।

 

विशेस गरी फोनहरुमा ५२ प्रतिशत सम्मको, टिभीहरुमा ३७ प्रतिशत सम्मको, क्यामेराहरुमा २७ प्रतिशत सम्मको, र एक्सेसरीजहरुमा ८० प्रतिशत सम्मको छुट प्रदान गरिनेछ छ। साथै उपभोक्ताहरुले विशेस क्यामेरा मोडलहरु खरीद गर्दा रु १७ हजार सम्मको र प्ले स्टेशन खरीद गर्दा रु १६ हजार सम्मको उपहार पाउनेछन्।

Share this news: