सुनाखरी न्युज
२०७६ जेठ १२ , आइतवार

सामसङ ग्यालेक्सी एस १० स्मार्ट फोन नेपाली बजारमा

मुख्य समाचार

Samsung-S10

सामसङ ग्यालेक्सी एस १० स्मार्ट फोन नेपाली बजारमा

सुनाखरी न्युज/ काठमाडौं – सामसङ इलेक्ट्रोनिक्सले हालै एस सेरिजका चारओटा स्मार्ट फोनहरु बजारमा उपलब्ध गराएको छ । सामसङले ग्यालेक्सी एस सेरिजका स्मार्ट फोनहरु नेपाली बजारमा पनि उपलब्ध गराएको छ । कम्पनीले मार्च १ देखि मार्च १४ सम्म प्रि बुकिङ्गको व्यवस्था मिलाएको थियो । प्रि बुकिङ्गको अवधिभर नेपाली बजारमा यसको उल्लेखनीय माग भएको थियो ।अब नेपाली ग्राहकहरुले सहजरुपमा एस सेरिजका चारओटै प्रकारका फोन खरिद गर्न सक्ने भएका छन् ।नेपाली बजारमा ग्यालेक्सी एस–१०, ५१२ जीबीको मूल्य १ लाख ५४ हजार ५ सय तोकिएको छ ।

 

यस्तै १२८ जीबीको मूल्य नेपाली बजारमा १ लाख २३ हजार ४ सय रहेको छ । एस १० को मूल्य १ लाख १० हजार ९ सय रहेको छ भने एस १० ई को मूल्य ९३ हजार ९ सय रहेको छ । यस्तै मोबाइल खरिदका लागि देशका विभिन्न ९ बैंकहरुमा मासिक किस्ताबन्दीको सुविधा पनि रहेको छ । ग्लोबल आइएमई बैंक, नविल बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, कुमारी बैंक, एनएमबि बैंक, माछापुच्छ«े बैंक र हुलास इन्भेष्टमेन्टबाट मासिक किस्ताबन्दीको व्यवस्था रहेको छ ।

 

विशेषता :

गेमिङः गेमिङको लागि AI मा आधारित यो फोन गेमिङ्गको लागि विशेष छ । हार्डवेर तथा सफ्टवेर, तथा Dolby वातावरण vapor chamber cooling system खेल पारखीहरुकाआवश्यकतालाई पूरा गर्ने छन् ।

सेक्युरिटीः विशेष सुरक्षा defense-grade Samsung Knox रहेको यो फोन निकै सुरक्षित मानिन्छ ।

 

उपलब्ध कलरः
Prism white, Prism black , Prism blue गरी ३ रंगमा उपलब्ध हुनेछ ।

 

हेर्नुस् अन्य विशेषता

  • ६.१ ईन्च क्वाड एचडी प्लस स्क्रिन
  • ट्रिपल क्यामेरा
  • ६४ विट अक्टा कोर प्रोसेसर
  • ८ जीबी र्‍याम, १२८ जीबी रोम, ५१२ जीबीसम्म बढाउन सकिने
  • ३४०० एमएएच ब्याट्रि
  • डबल सिम ९न्यानोंमाइक्रो
  • एन्ड्रोइड ९.० पाई अपरेटिङ सिस्टम ।
Share this news: